
रक्तस्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
प्रकाशित मितिः २४ कार्तिक २०७८, बुधबार २०:४९
दैलेख- दैलेखमा आज एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।आठबिश नगरपालिका–७ की ३४ वर्षीया मनकला बडुवाललाई २दिन देखि अत्यधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। ‘दुर्गम क्षेत्रका ज्यान जोख