
कर्णालीमा दसैँ अवधिमा २१ वटा सवारी दुर्घटना
प्रकाशित मितिः ३ कार्तिक २०७८, बुधबार ०५:१५
दशैँको अवधिभर मात्रै कर्णाली प्रदेशमा साना ठूला गरी २१ सडक दुर्घटना भएका छन। प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुर्घटनामा परी ३७ को ज्यान गाएको जनाएको छ। यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना २६ असोजमा मुगुमा भएको छ। नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको ज्यान जानुका साथै १३ जना घाइते भएका थिए। दुर्घटनामा ज्यान गुमाउनेमध्ये छायाँन