☰ open Loading... 22 December 2024|  

Author: Admin

बगैंचामै आँप छान्दै ग्राहक

बगैंचामै आँप छान्दै ग्राहक

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:५७
सुर्खेतको लेकबेंसी नगरपालिका –४ स्थित कृषि अनुसन्धान निर्देशनालयभित्र रहेको आँपको बगैंचामा किनेर घर लान आँप छान्दै ग्राहकहरु । निर्देशनालयले ठेकेदार मार्फत आँप बेच्ने गरेको छ । सस्तोमा ठेक्का लिएर ठेकेदारले बगैंचामै मंहगोमा विक्रि गर्ने गरेको छ । ५० रुपैँया काँचो आप र ६० रुपैँया पाकेको आँप रुखमै विक्रि गर्ने गरेको छन् । १ लाख ६६ हजार रुपैँयामा आँप र लिची ठेक्का लिएको निर्देशनालयले जनाएको छ ।
बढ्यो ८ सयले सुन

बढ्यो ८ सयले सुन

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:४८
स्थानीय बजारमा बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो। यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो। यस्तै,तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको म
बाढी-पहिरोबाट देशभर १३२ सडक प्रभावित

बाढी-पहिरोबाट देशभर १३२ सडक प्रभावित

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:४६
बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्। विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भएको छ। डुम्रे–बेसीसहर–चामे, विराटनगर–इटरी धरान, तान
राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ बाट बिसी ग्रुपका निर्देशक बुढा सम्मानित

राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ बाट बिसी ग्रुपका निर्देशक बुढा सम्मानित

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:४२
राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ बाट बिसी ग्रुप फाउण्डेशन कर्णाली प्रदेशका निर्देशक तथा युगआह्वान राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक दीपककुमार बुढा क्षेत्री सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयबाट उनी सम्मानित भएका हुन् । लघु उद्यम, शिक्षा र रोजगारीको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशिलता र सकारात्मक सोच प्रवाहित गर्न योगदान पु¥याएकाले यसको उच्च मुल्
कर्णाली रङ्गशालाको काम सकिन अझै बाँकी

कर्णाली रङ्गशालाको काम सकिन अझै बाँकी

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार ११:१४
प्रदेश गौरवको आयोजना अन्तर्गत वीरेन्द्रनगरमा रङ्गशाला निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । ०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि असार २४ गतेसम्मको विवरण अनुसार रङ्गशाला निर्माणको अझै १० प्रतिशत काम बाँकी छ ।
१२ जना विरुद्ध १ अर्बको मुद्दा

१२ जना विरुद्ध १ अर्बको मुद्दा

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार ०६:०५
कृषि विकास बहुउदेश्यीय सहकारीको रकमले टीभीदेखि अस्पतालसम्म लगानी गरी बचतकर्ताको रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर भएको छ । करिब एक अर्ब अपचलन गरेको आरोपमा उक्त सहकारीका सञ्चालकसहित १२ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो । १ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास
कर्णाली प्रदेश सभामा धन्नै आधा करोडको सवारी मर्मत खर्च

कर्णाली प्रदेश सभामा धन्नै आधा करोडको सवारी मर्मत खर्च

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार २०:२९
सुर्खेत : कर्णाली प्रदेशसभाका सांसदहरुले पछिल्लो एक वर्षमा गाडी मर्मतका ४९ लाख बढी रकम खर्च गरेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को जेठसम्म कर्णालीका ४० जना सांसद तथा कर्मचारीहरुले गाडी मर्मतमा ४९ लाख बढी रकम खर्च गरेको अभिलेख छ । ४० जना सांसदहरुमा अधिकांशले गाडी मर्मत खर्च भन्दै सचिवालयबाट रकम लिए पनि केही सांसदले भने रकम नलिएको प्रदेश सभा सचिवालयले मध्यान्हलाई उपलब्ध गराएको तथ्यांक्कमा उल्ले
अनुसन्धान विभागका अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

अनुसन्धान विभागका अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार २०:१२
विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नक्कली प्रमाणपत्र पेस गरेको मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आज बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो। विशेषले उनलाई पाँच हजार जरिवाना गर्ने फैसला सुनाएको हो। बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाई स्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी
मौसममा सुधार आएपछि हवाई सेवा सुचारु

मौसममा सुधार आएपछि हवाई सेवा सुचारु

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार २०:०७
मौसममा सुधार आएपछि मुगुमा मंगलबारदेखि हवाई सेवा सुचारु भएको छ । वर्षाका कारण एक सातादेखि हवाई सेवा अवरूद्ध भएको थियो । रारा हवाई नागरिक उडडयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालकाअनुसार मौसममा सुधार भई घाम लागेपछि नेपालगञ्जबाट समिट र तारा एयरले रारा बिमानस्थलमा दुई फ्लाइट उडान गरेका छन् । भीषण वर्षाले गर्दा मुगुमा हवाई र सडक यातायात अवरुद्ध हुँदा जिल्लाबासी आवत जावत गर्न सकिरहेका थिएनन् ।
जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार १९:४६
जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दा