☰ open Loading... 23 December 2024|  

Author: Admin

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १२:१७
स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबार एकैदिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ। यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज त्यो रेकर्ड तोडिएको छ। त्यस्तै चाँदीको मूल्य आइतबा
बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ जना बेपत्ता

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार ०७:३५
भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् । देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनु
अति भारी वर्षाको सम्भावना

अति भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार ०७:३१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली

भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार ०७:२९
भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ
आइतबारसम्म देशभर वर्षा

आइतबारसम्म देशभर वर्षा

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार १५:३८
शुक्रबार देखि परेको वर्षा आइतबार सम्म पर्ने भएकाले भू क्षय, पहिरो,डुबानको जोखिमबाट सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। विभागका अनुसार आइतबारसम्म पनि देशभर साधरणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णा
वर्षाले कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द

वर्षाले कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार १४:२९
निरन्तरको वर्षाका कारण कर्णालीका जिल्लाहरूमा हवाई सेवा बन्द भएको छ। जुम्लामा पाँच दिनयता हवाई सेवा अवरुद्ध भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए। उनले भने, ‘१८ गतेयता जुम्लाबाट हवाई सेवा ठप्प छ। नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले नेपालगन्जदेखि जुम्ला उडान भरिरहेका छन्। यस्तै मुगुमा हवाई सेवा बन्द भएको छ। निरन्तर पानी पर्न थालेपछि हिमाली जिल्ला मुगुका लाग
पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार ११:५३
काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै शनिबारका लागि निर्धारित निर्वाचन स्थगित भएको जनाएको हो । समितिले भनेको छ, ‘निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अ
शनिबार दिनभर भारी वर्षा

शनिबार दिनभर भारी वर्षा

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार ११:५०
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना
बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध

बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार ११:४४
अविरल वर्षाको कारण सिन्धुली स्थित बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा लेदो सहितको पहिरो आएर बिपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले जानकारी दिए । गोलन्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा माथिबाट ढुङ्गा सहितको लेदो आएर मध्यपहाडी लोकमार्ग दुई तर्फ अवरुद्ध भएको छ । स्थानीय निकायसँग सम
सुनको भाउ १ लाख ४४ हजार ४ सय पुग्यो

सुनको भाउ १ लाख ४४ हजार ४ सय पुग्यो

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार ११:३६
शुक्रबार सुनको भाउ तोलामा १ लाख ४४ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन गर्दै आएको छ । यसअघि जेठ २५ गते सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलामा १८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८