धान उत्पादन बढ्यो , उत्पादकत्व हालसम्मकै उच्च
प्रकाशित मितिः १४ पुष २०७७, मंगलवार १०:३८
काठमाडौँ, पुस १४ गते । कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरेअनुसारको धान उत्पादन भने हुन सकेन ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिक टन बढी धान उत्पादन भ