राउटेले लगाएको तरकारीले बजार पाएन
प्रकाशित मितिः ८ पुष २०७३, शुक्रबार १०:०७
डडेल्धुरा । केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए ।
जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् । राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका भए पनि तरकारीले