कृषककै हातमा मौसमी जानकारी
प्रकाशित मितिः ४ जेष्ठ २०७३, मंगलवार ०८:४७
कृषकलाई प्रविधिमैत्री बनाउन सुर्खेतमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुने जोखिमलाई न्यूनिकरण, समय सापेक्ष वास्तविक मौसम तथा बाढी र सुख्खाको प्रक्षेपणलाई सुधार गर्ने उदेश्यले जिल्लामा नयाँ कार्यक्रम सञ्चालन भएको हो ।
कृषि विकास मन्त्रालयले जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तरगत कृषि व्यवस्थापन सूचना प्रणाली सुर्खेतमा लागु भएको छ । जिल्लाका सवै गाविस र नगरप