☰ open Loading... 30 January 2025|  

वेथिति

कर्णाली प्रदेशका २८ सडक तथा पुलको हरिबिजोग

कर्णाली प्रदेशका २८ सडक तथा पुलको हरिबिजोग

    प्रकाशित मितिः २७ पुष २०८१, शनिबार १६:५०
कर्णाली प्रदेशका २८ वटा सडक तथा पुल निर्माणको काम सम्पन्न हुन ढिलाइ भएको छ । कतिपय सडक ठेकदारको लापरबाहीका कारण ढिलाइ भएको हो भने कतिपय सडकचाहिँ प्रदेश सरकारकै कारण ढिलाइ भएको बताइएको छ । सरकारले सडक निर्माणका लागि बजेट विनियोजनदेखि ठेक्का सम्झौता गर्ने तर प्रक्रियागत कामहरू पुरा गरेको देखिँदैन । जसका कारण ती सडकहरूमा अपेक्षित रूपमा काम हुन नसकेको हो । डोल्पामा १, जाजरकोट, कालिकोट र दैलेखमा
टीकापुरको जग्गा हिनामिनामा ८७ जना दोषी ठहर

टीकापुरको जग्गा हिनामिनामा ८७ जना दोषी ठहर

    प्रकाशित मितिः २६ पुष २०८१, शुक्रबार ११:३३
कैलालीको टीकापुरस्थित सरकारी जग्गा हिनामिनामा विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेको छ । विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले किर्ते कागजातका आधारमा हक हस्तान्तरण गरिएको झन्डै ७ बिघा जमिन फिर्ता हुने पनि फैसला गरेको छ । बिहीबारको उक्त फैसलामा दोषी ठहर भएका व्यक्तिबाट जनही १३ लाख ७ हजार ३ सय रुपैयाँ जरिवाना असुल्ने पनि उल्लेख छ
अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः २५ पुष २०८१, बिहीबार १९:२०
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ । उनी गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए । घुस रकम बोकेर पुगेका सापकोटाले अनुसन्धान अधिकृतसँग आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएका थिए । लगत्तै सोही दिन उनलाई पक्राउ गरिएको थियो । अछामक
घुस लिँदै गर्दा लेखापाल र सदस्य पक्राउ

घुस लिँदै गर्दा लेखापाल र सदस्य पक्राउ

    प्रकाशित मितिः २४ पुष २०८१, बुधबार २०:४४
राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–५ स्थित विद्यालयमा भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा बुटवलस्थित अख्तियारको टोली खटिएको थियो।
ठूलीभेरी नगरपालिका प्रकरण: अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

ठूलीभेरी नगरपालिका प्रकरण: अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

    प्रकाशित मितिः २३ पुष २०८१, मंगलवार ०८:२६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी केशवबहादुर सुनारसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। प्रतिवादी ठूलीभेरी नगरपालिकाका तत्कालीन् निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनार, इन्जिनियर बसन्त रोकाया र सब–इन्जिनियर विकास खत्री उपर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसूरमा बिगो ३२ लाख २९ हजार दुई
उपाध्यक्षले फोडिन् सरकारी गाडी

उपाध्यक्षले फोडिन् सरकारी गाडी

    प्रकाशित मितिः २२ पुष २०८१, सोमबार १०:२०
आफूलाई लिन समयमा नआएको झोकमा सिराहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले पालिकाकै गाडी तोडफोड गरेकी छिन् । सिंहले आइतबार बिहान करिब १० बजेतिर गाउँ कार्यपालिकानजिककै प्रमुख प्रशासकीयको क्वार्टरअगाडि राखिएको बा.२झ ३६४३ नम्बरको स्कर्पियो तोडफोड गरेकी हुन् । स्कर्पियोचालक बाबुनाथ यादवका अनुसार यादवलाई लिन जान गाडीमा बसिसकेका वेला एक्कासि ढुंगा–इँटा हानेर अगाडि र बायाँपट्टिको सिसा का
साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

    प्रकाशित मितिः १९ पुष २०८१, शुक्रबार ०९:३८
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१–६२ मा स्थापना भई आव २०६२–६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१–८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०
जुम्लामा लागुऔषध प्रयोग बढ्दो

जुम्लामा लागुऔषध प्रयोग बढ्दो

    प्रकाशित मितिः १५ पुष २०८१, सोमबार १४:२१
म्लामा लागुऔषध प्रयोग बिक्रेता चिन्ताजनक रूपले बढ्दै गएको छ। केही वर्षयता सडक सञ्जाल जोडिएसँगै लागुऔषध सहजै जुम्ला भित्रिने गरेको छ। ब्राउन सुगरलगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर–किशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। लागुपदार्थ कारोबारमा बढी युवाहरूको संलग्नता रहेको प्रहरीको तथ्यांकले देखाएको छ। सुर्खेत र नेपालगन्जबाट बढी मात्रामा लागुऔषध भित्रिने गरेको छ।
दियालोका बचतकर्ता आन्दोलनमा

दियालोका बचतकर्ता आन्दोलनमा

    प्रकाशित मितिः १४ पुष २०८१, आईतवार १६:५४
जुम्लामा दियालो बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्ता आन्दोलनमा उत्रिएका छन् । बचत गरेको समय पुगिसकेको भए पनि दियालो सहकारीले बचत फिर्ता गर्न आलटाल गरेपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले तत्काल आफ्नो बचत र ब्याज स्वरुप आउने रकम उपलब्ध गराउन माग गरेका छन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै बचत फिर्ता संघर्ष समितिले बचत पाउन निकै प्रयास भए
प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप, टायर बाल्दै विद्यार्थी सडकमा

प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप, टायर बाल्दै विद्यार्थी सडकमा

    प्रकाशित मितिः १४ पुष २०८१, आईतवार १५:३४
महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरू आन्दोलित भएका छन्। आइतबार बिहानैदेखि विद्यार्थीहरूले प्रधानाध्यापकविरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे। उनीहरुले टायर बालेर सडक जाम गरेपछि स्थान