काजक्रिया रकम उपलब्ध गराइदिने भन्दै घुस लिँदै गरेका २ नायब सुब्बा रंगेहात पक्राउ
प्रकाशित मितिः १ पुष २०८१, सोमबार १६:५४
महोत्तरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत दुई नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
नायब सुब्बा अशोक कुमार यादवलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरुले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका प