☰ open Loading... 1 November 2024|  

वेथिति

आयोजना मर्मत नहुँदा खानेपानीबाट वञ्चित

आयोजना मर्मत नहुँदा खानेपानीबाट वञ्चित

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १२:२३
कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–७ मा रहेको शान्तिपुर खानेपानी आयोजनाको मुहान बगेपछि उपभोक्ता शुद्ध पेयजल पिउनबाट वञ्चित रहेका छन् । एक वर्षअघि खोलामा आएको बाढीले आयोजनाको मुहान नै बगाई दिएपछि मर्मत रकमको अभावमा खानेपानी आयोजना सञ्चालनमा आउन नसकेको हो । लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको आयोजना मर्मत रकमको अभावमा सञ्चालनमा नआएपछि सर्वसाधारण ह्यान्डपम्पको पानी पिउन बाध्य भएका छन् ।
वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका मुद्दा बढी

वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका मुद्दा बढी

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १७:५१
सुदूरपश्चिमका वन कार्यालयमा वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका बढी मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षमा दर्ता भएका १८४मुद्दामध्ये अधिकांश मुद्दा वन्यजन्तुको छाला तथा हड्डीको ओसारपसारसम्बन्धी रहेका र तीमध्ये २३ मुद्दामात्रै फछ्र्योट भएका सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले जनाएको छ । आव २०७२÷७३ मा सबैभन्दा बढी कैलालीमा ७६, कञ्चनपुरमा ६६ मुद्दा दर्ता भएका थिए भने सबैभन्दा बढी वन्
डिभिजन प्रमुखसहित ५ जना विरूद्भ विशेष अदालतमा मुद्दा दायर

डिभिजन प्रमुखसहित ५ जना विरूद्भ विशेष अदालतमा मुद्दा दायर

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार २०:१०
सुर्खेत । भवन डिभिजलन कार्यालय सुर्खेतका कार्यालय प्रमुखसहित पाँच जना विरूद्भ बिशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरिएकाे छ । जिल्लाकाे पश्चिमी क्षेत्रमा रहेकाे गुटु गाविसकाे स्वास्थ्य चाैकीकाे भवन निर्माणमा मापदण्ड विपरित काम गरेकाे भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान कार्यालय काठमाडाैंले अदालतमा मंगलबार मुद्दा दायर गरेकाे हाे । अख्तियारले डिभिजन कार्यालय, सुर्खेतका डिभिजन प्रमुख विष्णुप्रसाद श
अाठ महिना बित्दा पनि बनेन एक्सरे मेसिन

अाठ महिना बित्दा पनि बनेन एक्सरे मेसिन

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार ०९:५५
बिग्रिएको आठ महिना बितिसक्दा पनि जिल्ला अस्पताल बिजुवार प्युठानको भिडियो एक्सरे मेसिन अझैसम्म मर्मत गरिएको छैन । जिल्लाका दुरदराजबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राही झण्डै दोब्बर शुल्क तिरेर निजी क्लिनिकमा भिडियो एक्सरे गर्न बाध्य भएका छन् । बिरामीले सरकारी अस्पतालमा जाँच गराएर निजीमा भिडियो एक्सरे गर्ने गरेका हुन् । अस्पतालमा चार सय रुपैयाँमै गर्न सकिने भिडियो एक्सरे निजी क्लिनिकमा साढे सात
न्यायाधीश नियुक्ती विवाद

न्यायाधीश नियुक्ती विवाद

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १३:४५
कसले गर्छ सरकारको मुद्दामा वहश ? उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहस पैरवीलगायत कार्य बहिष्कार गरेको छ। सरकारी वकिल तथा ट्रेड युनियनले उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याएसम्म आइतबारदेखि अदालतला
रोकिएन वन अतिक्रमण

रोकिएन वन अतिक्रमण

    प्रकाशित मितिः ८ माघ २०७३, शनिबार ०९:२९
जिल्लामा विगतका वर्षदेखि हुन थालेको वन अतिक्रमण अझै रोकिएको छैन । संस्थागत तथा व्यक्तिगत किसिमले वन अतिक्रमण हुने गरेको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले वन अतिक्रमण गरी ब्यारेक सञ्चालन गर्दै आएको छ । शान्ति प्रक्रियापछि माओवादी सेनाका ब्यारेक रहेको गैरीगाउँको तिलामा सशस्त्र प्रहरी बलको क्याम्प रहेको छ भने नुवागाउँ गाविसको दहवन र
कसैको प्रेममा पर्नु भएको छ ? फेसबुक चलाउँदा ख्याल गर्नोस् !

कसैको प्रेममा पर्नु भएको छ ? फेसबुक चलाउँदा ख्याल गर्नोस् !

    प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार १०:३७
झापा । चार महिनाअघि बिर्तामोडको नाम चलेको एउटा कलेजमा अध्ययनरत सुस्मिता (नाम परिवर्तन) ले प्रेमीलाई आफ्नो नग्न तस्वीर पठाइन् । उनका अनुसार प्रेमीले धेरै कर गरेपछि दुबैजनाको सहमतिमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले त्यो तस्वीर पठाएकी थिइन् । तर, केही समयपछि उनीहरुको सम्बन्धमा दरार आयो । र, उनलाई पूर्वप्रेमीले त्यही तस्वीर देखाएर ब्ल्याकमेल गर्न थाले । ‘त्यति बेला डिलिट गरिहाल्ने भनेको थियो’, उनले भ
गाविसको मनोमानीले योजनाविहिन ‘चाहावोट’ गाउँ

गाविसको मनोमानीले योजनाविहिन ‘चाहावोट’ गाउँ

    प्रकाशित मितिः ४ माघ २०७३, मंगलवार १७:२५
सुर्खेत । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने लगाम–५ चाहावोट गाउँमा वर्षौदेखि सरकारी योजनाहरु नपर्ने गरेको पाइएको छ । हरेक वर्ष गाउँबाट टोलभेला गरेर योजना छनौट गर्नुपर्ने प्रावधान रहेपनि गाविसका कर्मचारीको मनोमानीले योजनाविहिन गाउँ हुने गरेको हो । गत पुस २५ गते गाविसको परिषद् सम्पन्न भएपनि चाहावोटका लागि यस वर्षपनि योजनाहरु नपरेको गुनासो स्थानीयको छ । ४१ घरधुरी रहेको यो गाउँमा हालसम्म कुनैपनि योजना
२५ क्षमताको कारागारमा ४८ जना कैदी, खानादेखि स्वास्थोपचारसम्म समस्या

२५ क्षमताको कारागारमा ४८ जना कैदी, खानादेखि स्वास्थोपचारसम्म समस्या

    प्रकाशित मितिः ४ माघ २०७३, मंगलवार १२:३२
बैतडी । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताए । २०४२ सालमा निर्माण गरिएको कारागार अहिले जीर्ण हुँदै गइरहेकोे छ । हिउँदको बेला जाडो र पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपाल हालेर बस्ने गरिएको
मुहान दर्ता नहुँदा खानेपानी योजना अलपत्र

मुहान दर्ता नहुँदा खानेपानी योजना अलपत्र

    प्रकाशित मितिः ३ माघ २०७३, सोमबार १४:०९
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् । एसियाली विकास बंैकको सहयोगमा लिवाङ नगरपालिका–५, ६, ७ र ८ का झन्डै एक हजार चार सय बढी घरधुरीलाई स्वच्छ खानेपानी तथा सरसफाइको सुविधा दिने गरी परियोजना सुरु हुने भनिए पनि हालसम्म मुहान दर्ता विवादका कारण प्रक्रिया अगाडि नबढ्दा