☰ open Loading... 1 November 2024|  

वेथिति

पाँच किलो चरेशसहित ब्यापारी पक्राउ

पाँच किलो चरेशसहित ब्यापारी पक्राउ

    प्रकाशित मितिः ११ पुष २०७३, सोमबार १२:२६
जाजरकोट । पाँच किलो सात सय ग्राम लागु औषध चरेश सहित जाजरकोटमा एक जना ब्यापारी पक्राउ परेका छन् । जाजरकोट प्रहरीले बाँके नेपालगंज २ का इन्द्रमणि गौतमलाई पाँच किलो सात सय ग्राम चरेससहित पक्राउ गरेको छ । भेरीमालिका नगरपालिका १ रिम्ना बजारदेखि नेपालगन्जतर्फ लैजाने क्रममा प्रहरीले नेपालगन्जको पुष्पलालचोकमा होटल व्यवसाय गर्ने गौतमलाई लागूऔषध चरेससहित पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।
प्राविधिक स्कुलमा प्रयोगात्मकबिना कक्षा

प्राविधिक स्कुलमा प्रयोगात्मकबिना कक्षा

    प्रकाशित मितिः १० पुष २०७३, आईतवार १३:१८
विद्यालयमा बजेट नपुग्दा विद्यार्थीले प्रयोगात्मक कक्षा लिन पाएका छैनन् सामुदायिक विद्यालयमा प्राविधिक धार सुरु भए पनि प्रयोगात्मक कक्षा सञ्चालन गर्न पूर्वाधार व्यवस्थापन नगर्दा विद्यार्थी सैद्धान्तिक कक्षा मात्रै लिन बाध्य छन् । सरकारले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति दिए पनि बजेट नदिँदा विद्यार्थी सैद्धान्तिक कक्षामात्र सीमित हुनुपरेको हो । शिक्षा विभागले चालु शैक्षि
बसको ठक्करबाट बयस्क पाटे बाघको मृत्यु

बसको ठक्करबाट बयस्क पाटे बाघको मृत्यु

    प्रकाशित मितिः ७ पुष २०७३, बिहीबार १५:३९
तिब्र गतिको बसको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बयस्क बाघ मरेको छ । बर्दिया स्थित पुर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने आम्बासा र चिसापानी बिचको कुँवाभार नजिक गएराती पश्चिमबाट तिब्र गतिमा आएको बसको ठक्करबाट पाटेबाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए । पश्चिमबाट पुर्व तर्फ गईरहेको यात्रु बाहक ना ४ ख २८८७ नम्बरक

बाेक्सी भगाउने भन्दै अमानविय व्यवहार गर्नेलाइ पाँच वर्ष कैद

    प्रकाशित मितिः ५ पुष २०७३, मंगलवार १०:०४
सल्यानको कुपिण्डेदहकी एक महिलालाई अमानविय व्यवहार गर्ने चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैद गर्ने फैसला सुनाएको छ । कुपिण्डेदह–४ ज्यामिरेकी २० वर्षिया एक महिलालाई अमानविय व्यवहार गर्ने सोहि ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिण्डेदह ५ की ४५ वर्षिय ललि पुनलाई ५ वर्ष कैद र जनहि ५० हजार रुपैँयाको फैसला सुनाएको जिल्ला अदालत सल्यानका निमित्त श्रेष्तेदार हरि राम्जाले जानकारी दिए
संसद् विकास कोषको रकम तालिम भत्तामा

संसद् विकास कोषको रकम तालिम भत्तामा

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:४६
जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने पाँच सांसदले आफ्नो संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् ।  सांसदले आफ्ना प्रतिनिधिमार्फत जिविसमा वितरण गरिएको योजना पेस गरेका छन् । वितरण गरिएको रकम अधिकांश तालिम भत्ता, अन्तक्र्रिया, मर्मत र निर्माणमा विनियोजन गरिएको छ । प्रत्येक सांसदले रु ५० लाख आफ्नै निर्णयमा योजना निर्माण गरी विनियोजन गर्ने प्रावधानअनुसार योजना बाँडफाँट गरिएको हो । सांसद
सार्वजनिक खानेपानीका धारा हराउँदै

सार्वजनिक खानेपानीका धारा हराउँदै

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:४०
सार्वजनिक खानेपानीका धारा लोप हुँदै जान थालेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत वर्षदेखि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धारा बनाइदिन थालेपछि सार्वजनिक धारणा बनाउनै छाडिएको छ । सबैलाई खानेपानीको पहुँचमा पु¥याउन र सरकारको लगानीलाई सही सदुपयोग गर्नका लागि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धाराको अवधारणा सुरु गरिएको कार्यालय प्रमुख विकेश बधानथाछेले बताए ।
दलित महिलामाथि कुटपीट

दलित महिलामाथि कुटपीट

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:३४
दैलेख । दैलेखको रानीवन गाविस–१ लामिडाँडाकी २९ वर्षीया सरिता सुनारलाई जातीय हिसावले अपमानसंगै कुटपीट भएको छ । सोही ठाउँकी ४१ वर्षीया लालकुँवारा सिंह र उनकी बुहारी २१ वर्षीया बिष्णा सिंहले कुटपीट गरेको प्रहरीले जनाएको छ । धारामा पानी भर्दा लसपस गर्न खोजेकी भन्दै २ साताअघि विवाद भएकोमा पछिल्लो समय शनिवार दिउँसो लालकुँवाराको घर आगनमा बनतर्फ लैजादै गरेको बाख्राले घाँस खाएको विषयलाई लिएर कुटपीट भएको
गाविसको खातामा रकम, सचिव बेखबर

गाविसको खातामा रकम, सचिव बेखबर

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार ११:४९
 डोटी । गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन् । सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार भएका गाविस सचिव ईश्वरबहादुर सिंहले हिनामिना गरेको रकम मध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस, डोटीले जानकारी दिएको छ । सिंहले मङ्सिर २९ गते दुवै गाविसका लागि रु ३७ लाख ४९ हजार ६२३ बैंकमा जम्मा गरे
५० लाख सक्न, रातारात उपभोक्ता समिती

५० लाख सक्न, रातारात उपभोक्ता समिती

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार १४:५९
स्थानीय विकास मन्त्रालयबाट आएको बजेट सक्न दैलेखको लाँकुरीमा रातारात उपभोक्ता समिति गठन गरेको पाईएको छ । मन्त्रालयले आर्थिक केन्द्र र दुई जिल्ला जोड्ने सडक निर्मांणका लागि दिएको रकम सक्न रातारात मनपरि रुपमा उपभोक्ता समिति गठन गरेको हो । चुप्रा – अतुराली – सेर्माकोट – शिखरद्धार हुदै कट्टी जोड्ने सडकका लागि गठन भएको उपभोक्ता समिति रातारात बनाईएको उजुरी परेको छ । ५० लाख रुपैँया बजेट विनियोजन
३४ शिक्षकलाइ स्कुल नजानुकाे कारण माग

३४ शिक्षकलाइ स्कुल नजानुकाे कारण माग

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार ०९:२०
वीरेन्द्रनगरका १५ विद्यालयकाे छड्के अनुगमन सुर्खेत । जिल्लाका अधिकास विद्यालयहरुमा दैनिक २५ प्रतिशत विद्यार्थीहरु विद्यालयमा अनुपस्थिती भएको पाइएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले गरेको छड्के अनुगमनका क्रममा यस्तो पाइएको हो । ७५ प्रतिशत विद्यार्थीहरु मात्र दैनिक विद्यालय जाने गरेको सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए । घरायसी समस्या कारणले कम उपस्थित हुने गरेको जिशिअ शाहको