☰ open Loading... 25 November 2024|  

विकास

माथिल्लो त्रिशुली १ को प्रगति २२ प्रतिशत

माथिल्लो त्रिशुली १ को प्रगति २२ प्रतिशत

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार १४:३८
वैदेशिक लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको भौतिक प्रगति २२ प्रतिशत भएको छ। कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन आयोजनाको निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो। आयोजनाका अनुसार भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरूको निर्माण भइरहेको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध लगायतका संरचना र उत्तरगया
नौबिसे–मलेखु सडक राति बन्द हुने

नौबिसे–मलेखु सडक राति बन्द हुने

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार २१:३९
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ। सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो। असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए।
१८ वर्षमा पनि सकिएन चक्रपथ निर्माण

१८ वर्षमा पनि सकिएन चक्रपथ निर्माण

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार १०:४८
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको चक्रपथ निर्माण सुरु भएको दुई दशक पुग्न लाग्यो। २९ किलोमिटरको चक्रपथ निर्माण कार्य पूरा हुन अझै कति समय लाग्ने हो? चक्रपथ निर्माण सुरु भएको १८ वर्षमा २४ किलोमिटर मात्रै ट्र्याक खुलेको छ। पाँच किलोमिटर ट्र्याक खुल्न बाँकी छ। ‘कतै स्थानीयको अवरोध छ, कतै वन क्षेत्र परेकाले काम गर्न सकिएन’, सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले भने, ‘अवरोध हटाउन
पुष्पलाल (मध्यपहाडी) राजमार्गको पुलहरु हिलाम्मे

पुष्पलाल (मध्यपहाडी) राजमार्गको पुलहरु हिलाम्मे

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १७:४७
वर्षादसगै दैलेखमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पर्ने पुलहरुमा हिलो जमेको छ । जसका कारण नयाँ पुलहरु जिर्ण देखिए छन् । पानी परेपछि भल सीधा पुलमै जाने भएकाले पुल हिलाम्मे भएको हो । बनेका पुल अधिकांश सडकदेखी निकै होचो स्थानमा रहेको छ । वर्षाद रोकिएपछि हिलो भएको पुलहरु धुलाम्मे हुन्छन् । समयमै योजना कार्यालयले हिलो सोर्ने कार्य गर्नु पर्ने स्थानीयहरुले बताए । स्थानीयहरु हिलोका कारण पुल
पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १३:०५
भेरीगंगा नगरपालिका ८ का करवीर शाहीको भेरी किनारमा २४ रोपनी जमिन छ । वर्षौंदेखि जोतभोग गर्दै आएको उक्त जमिनको स्थायी पुर्जा उनीसँग छैन । भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ । भेरी नदीमा बाँध बाँधेर चिप्लेबाट बाह्र दशमलव दुई

दुल्लूबासीले अब रैकर सरह कर बुझाउन पाउने

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १३:४४
दैलेखको दुल्लू नगरपालिकाका गुठीयारहरुले अब रैकर जग्गा सो सरहको कर बुझाउने भएका छन् । गुठी संस्थानको भदौ १३ गतेको निर्णयले रैकर जग्गा सो सरहको कर असुल गर्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम सोमबार पत्राचार भएको दुल्लू नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार दुल्लू नगरपालिकामा करिब ८० प्रतिशत गुठी रैतानी नम्बरी जग्गा भोगचलन हुँदै आएको छ । त्यसअनुसार २०४८ सालदेखि गुठियार
१५ वर्षमा पनि पूरा नभएको मध्यपहाडी राजमार्गको लागत ५१ अर्ब बढ्यो

१५ वर्षमा पनि पूरा नभएको मध्यपहाडी राजमार्गको लागत ५१ अर्ब बढ्यो

    प्रकाशित मितिः २६ भाद्र २०८०, मंगलवार १४:२१
मध्यपहाडी (पुष्पलाल) राजमार्गको लागत ५१ अर्बभन्दा धेरैले बढेको छ। आयोजनाको सुरू लागत ३३ अर्ब ३६ करोड थियो। हाल संसोधित लागत बढेर ८४ अर्ब ३३ करोड पुगेको हो। निर्माण समयमा पूरा नहुँदा लागत अत्यधिक बढेको आयोजनाले जनाएको छ। मध्यपहाडी राजमार्ग निर्माणको काम आर्थिक वर्ष २०६५र६६ बाट सुरू भएको थियो। २०६७र६८ देखि दुई खण्डमा विभाजन गरी मध्यपहाडी पूर्वी खण्ड करिब ७२१ किलोमिटर र मध्यपहाडी पश्चिम खण्ड कर
हिमाली तीन जिल्लामा एक मिटर पनि पिच भएन

हिमाली तीन जिल्लामा एक मिटर पनि पिच भएन

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार १३:२२
सुर्खेत : तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ७८.९५ किलोमिटर सडक पिच गरेको छ। मन्त्रालयले १० जिल्लाको समीक्षा कार्यक्रममा उक्त कुरा सार्वजनिक गरिएको हो। आर्थिक वर्ष २०७७/७८ मा ३३.०२ किलोमिटर , आर्थिक वर्ष २०७८/७९ मा १५.९० किलोमिटर र आव २०७९/८० मा ३०.०३ गरि जम्मा ७८.९५ किलोमिटर सडक पिच भएको मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीले बताए। त्यस्तै १० जिल्लामा
कुल देउतालाई सरकारी भेटी

कुल देउतालाई सरकारी भेटी

    प्रकाशित मितिः १८ भाद्र २०८०, सोमबार १३:३७
सुर्खेत, कर्णालीमा पर्यटन पूर्वाधार विकासका नाममा कुल देउताको मन्दिरमा बजेट (भेटी) चढाईएको छ । कर्णालीमा रहेको दाह्रेमष्ट प्रसिद्धी पूर्वाधार, भैसेखोर, मष्टा मन्दिर, कालिका मन्दिर, मालिका दुर्गा मन्दिर, मष्टा मन्दिर लगायतका दर्जनौ कुल देउताको मन्दिरमा पर्यटन विकासको नाममा कर्णाली प्रदेश सरकारले सरकारी भेटी चढाउन बजेट हालिएको हो । कुल देउतासहित अन्य देवीदेउताका नाममा उद्योग, पर्यटन वन तथा वातावर
रोजगार कार्यक्रमले दङ्ग छन् विपन्न

रोजगार कार्यक्रमले दङ्ग छन् विपन्न

    प्रकाशित मितिः ९ श्रावण २०८०, मंगलवार ०५:३५
प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँ–गाउँमा गरिखाने वर्गको गर्जो मात्र टारेको छैन, विकास पनि भित्र्याएको छ । काम पाउने समय भने थोरै भएकाले बढाउनुपर्ने धेरैको माग छ । काठमाडौँ । सुर्खेतको बराहताल गाउँपालिका–५, साजपानीका गणेश सुनारलाई साँझ बिहानको छाक टार्नै धौ–धौ थियो । खेती गरेर खाने पुग्दो खेतबारी थिएन, आम्दानी हुने अरु काम मिल्दैनथ्यो । घर कसरी चलाउने भन्ने चिन्ताले जहिल्