☰ open Loading... 26 November 2024|  

विकास

चामुण्डामा विकासे योजनाको अनुगमन

चामुण्डामा विकासे योजनाको अनुगमन

    प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार ११:००
मदन विक,चामुण्डा (दैलेख)। चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले चालू आर्थिक वर्षमा गरेका विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन सुरु गरेको छ । नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री) को नेतृत्वमो नगरभित्र सञ्चालित योजनाको अनुगमन सुरु गरेको हो । वडा नं. १, २,३, ४, ५, ६,७, ८ र ९ मा सञ्चालित सडक पुर्वाधर निर्माणका योजनाहरुलाई समेत अनुगमन गरिउको थियो । नगरपालिकाले अनुगमनको पहिलो दिन वडा न
सडक निर्माणमा ढिलाइ

सडक निर्माणमा ढिलाइ

    प्रकाशित मितिः २२ फाल्गुन २०७४, मंगलवार ०९:५८
दैलेख । जिल्लाका विभिन्न उपभोक्ता समितिबीच विवाद हु“दा सडक निर्माणमा ढिलाइ भएको छ । आठबीस नगरपालिकाका २, सि“गौडी, ४ राकम, ६ सिंहासैन, ७ को सिंहासैन र तिलेपाटा तथा ८ को तिले पाटामा उपभोक्ता समितिबीच विवाद भएपछि विकासे काममा समस्या भएको हो । वडा २ को सिगौडीमा सडकका लागि २३ लाख बजे ट विनियोजन भएको थियो । हुलाकी डाडा“देखि पीपलरूख श्रीकोट सडक निर्माण उपभोक्ताकै विवादले काम सुरु हुन सकेको छैन । व
‘तीन वर्षमै नगर झलिमिलि बनाउछौँ’

‘तीन वर्षमै नगर झलिमिलि बनाउछौँ’

    प्रकाशित मितिः २१ फाल्गुन २०७४, सोमबार १९:१५
चामुण्डामा विद्युत लाइन विस्तारमा तिव्रता  चामुण्डा ।  दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा विद्युत लाईन विस्तार गरिएको छ । उज्यालो नगरपालिका बनाउने उद्देश्यका साथ लाइन विस्तार गरिएको हो । नगरपालिकामा पहिलो पटक विद्युत लाइन विस्तार भएपछि स्थानीयहरु हर्षित भएका छन । लाइन विस्तार भएर बत्ति बलेपछि रातीमा अध्ययन गर्न, ठुला उद्योगहरु संचालन गर्न पाउने नगरवासीको अपेक्षा छ । विद्युतको लाइन विस्ता
हुम्ला सदरमुकाममा चलाउन हेलिकोप्टरबाट गाडी ल्याइयो

हुम्ला सदरमुकाममा चलाउन हेलिकोप्टरबाट गाडी ल्याइयो

    प्रकाशित मितिः १८ फाल्गुन २०७४, शुक्रबार ०८:१४
हुम्ला । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो। व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए । रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ लाख ५० हजार
मौसमको पूर्वासूचना दिने राडर निर्माणमा तिव्रता

मौसमको पूर्वासूचना दिने राडर निर्माणमा तिव्रता

    प्रकाशित मितिः १७ फाल्गुन २०७४, बिहीबार ०९:३७
सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा मौसमको पूर्व सूचना दिने राडर निर्माण गर्न लागिएको छ । वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ला डाँडामा जल तथा मौसम विज्ञान विभागले नेपालको पहिलो मौसमी राडर केन्द्र स्थापना गर्न लागेको हो । नेपालमै पहिलो पटक मौसमी पूर्वसूचना दिने प्रविधि राडर सुर्खेतको रातानाङ्लामा स्थापना गर्न लागिएको छ । जल तथा मौसम जन्य प्रकोपहरुको कारणवाट हुने क्षति न्यूनिकरणका लागि विभागले समग्र
मुसिकोटडाँडाले आम्दानी गर्दै

मुसिकोटडाँडाले आम्दानी गर्दै

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १७:३२
रूकुम । पर्यटकीय क्षेत्रको रूपमा विकासित मुसिकोट डाँडाको आम्दानी बढ्दै गएको छ । मुसिकोटडाँडामा घुम्न आउनेहरूबाट मुसिकोटडाँडा उद्यान समितिले रकम संकलन गर्दै आएको छ । भदौ महिनादेखि थालिएको उक्त अभियानबाट हालसम्म ५३ हजार सात सय ३५ रुपैयाँ संकलन भएको छ । उनका अनुसार शुल्क लिन थालिएको भदौ महिनामा चार हजार छ सय ४०, असोज महिनामा नौ हजार पाँच सय ७०, कात्तिकमा आठ हजार नौ सय ६०, मंसिरमा आठ हजार आठ सय
फेरियो सुर्नयाको मुहार

फेरियो सुर्नयाको मुहार

    प्रकाशित मितिः २९ माघ २०७४, सोमबार ११:२५
बैतडी  ।  सडक सञ्जाल विस्तार भएसँगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिँदै गएको छ । केही वर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौं हिँड्नु पर्ने बाध्यता रहेको यो ठाउँमा सडक विस्तार भएपछि त्यो बाध्यता हटेको छ । गाउँमा कुनै मान्छे बिरामी हुँदा उपचारका लागि लैजान समस्या हुने गरेको यस गाउँपालिकामा अब त्यस्तो समस्या छैन । सडक नहुँदा यसअघि सदरमुकाम जान समेत तीन÷चार दिन लाग्ने गरेको भएपनि
प्रधानमन्त्रीद्धारा नव निर्मित भवनको उद्घाटन

प्रधानमन्त्रीद्धारा नव निर्मित भवनको उद्घाटन

    प्रकाशित मितिः २८ माघ २०७४, आईतवार १९:३९
कर्णालीमा ३ सय शैयाको अस्पताल अब पश्चिम नेपालका जनता स्वास्थ्य सेवाको पहु्ँचमा सागर परियार, जुम्ला  ।  पश्चिम नेपालकै ठूलो गौरबको आयोजनाका रूपमा रहेको ३ सय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई हस्तान्तरण गरिएको छ । ३ वर्षको अबधिमा निर्माण कार्य शतप्रतिशत सम्पन्न गरी हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण सम्पन्न ३ सय शैया अस्पतालको गेटमा रिवन काटी
यी हुन प्रदेश ६ का ठूला आयोजना

यी हुन प्रदेश ६ का ठूला आयोजना

    प्रकाशित मितिः २८ माघ २०७४, आईतवार ०८:१८
प्रदेश सभाको पहिलो बैठकमा विकास र समृद्धिको चर्चा भए पनि यहाँका ठूला जलविदयुत् आयोजना, राजमार्ग र नयाँ सहरको निर्माणको गति भने सुस्त छ । नयाँपत्रिकामा समाचार छ । स्थानीय बासिन्दाको अवरोध र बजेट अभावका कारण आयोजनाले गति लिन सकेको छैन । माथिल्लो कर्णाली जलविद्युत् आयोजना, कर्णाली पञ्चकोसी राजमार्ग, नलसिङगाड जलविद्युत् आयोजना, नयाँ सहर र मध्यपहाडी राजमार्ग प्रदेश ६ का ठूला आयोजना हुन् । यी आयोजन
मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनको माग

मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनको माग

    प्रकाशित मितिः २७ माघ २०७४, शनिबार १२:५८
  जाजरकोट  । पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन् । तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकार भएका निकायसँग माग गरेका छन् । सरकारले निकै महत्व दिएर निर्माण गरेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतिपुरका स्थानीयले सडकको स्तरोन्नति गरेर गाडी गुड्न