भेरी बबई डाइभर्सन आयोजना : रिक्सजोन कट्दा ड्यामको प्रक्रिया शुरु
प्रकाशित मितिः ३ भाद्र २०७५, आईतवार १६:११
सुशील खड्का
सुर्खेत । सुर्खेतमा निर्माणाधिन भेरी बबई डाइभर्सन आयोजनाको रिक्सजोन (खतरा) क्षेत्र कटेसंगै अन्य कामको प्रक्रिया अघि बढेको छ । सुर्खेतको हात्तीखालबाट शुरु भएको सुरुङ निर्माणको ‘तोली खोला’ लाई जोखिमयुक्त क्षेत्र मानिएको थियो । तर त्यो क्षेत्र टनेल वोरिङ मेशीन (टिविएम) ले पारगरेसंगै आयोजनाको विद्युतगृह र चिप्लेस्थित भेरी नदीमा ड्याम निर्माण प्रक्रिया अघि बढाउन लागिएको हो ।
आयोजना सफल








