पानीपोखरीमा ३१ वर्षपछि प्रहरीको आफ्नै भवन
प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार २०:४९
कालिकोट र दैलेख सीमा जोडिएको दैलेखको पानीपोखरी प्रहरी चौकीको ३१ वर्षपछि आफ्नै प्रहरी भवन स्थापना भएको छ। जोखिमपूर्ण घरहरूबाट सेवा दिईरहेको प्रहरी चौकीले ३१ वर्षपछि आफ्नै सुविधा सम्पन्न प्रहरी भवनबाट सेवा दिने भएको हो।
२०४९ पुस १७ दरबन्दी स्वीकृति भई फागुनमा दैलेखको भैरवी गाउँपालिका ६ स्थित पानीपोखरी प्रहरी स्थापना भएको थियो। स्थापनायता प्रहरीहरू कच्ची घरहरूमा निकै सास्ती झेलेर सेवा दिनुपरेको थ