☰ open Loading... 20 January 2025|  

उपनिर्वाचन

दैलेखमा अहिलेसम्म ५४ प्रतिशत मत खस्यो

दैलेखमा अहिलेसम्म ५४ प्रतिशत मत खस्यो

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार १६:३४
दैलेखका दुई स्थानीय पालिकामा भएको भएको उपनिर्वाचनमा अहिलेसम्म ५४ प्रतिशत मत खसेको जनाइएको छ। साँझ ५ बजेसम्म मतदानको समय भएकाले अझ मत खस्ने अनुमान गरिएको छ। महाबु गाउँपालिका अध्यक्ष र दुल्लू नगरपालिका –१३ को वडाध्यक्ष पदको उपनिर्वाचनमा ५४ प्रतिशतभन्दा बढी मत जनाइएको हो। महाबु गाउँपालिकाका ६ वटै वडाका १६ वटा मतदान केन्द्रमा ६ हजार आठ सय ३७ मत खसेको छ। दुल्लू नगरपालिका –१३ का दुई स्थानका ४ मतदा
हुम्लाको सर्केगाडमा ६० प्रतिशत मतदान

हुम्लाको सर्केगाडमा ६० प्रतिशत मतदान

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार १६:३३
हुम्लाको सर्केगाड गाउँपालिकामा दिउँसो साढे २ बजेसम्म ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालय सर्केगाड हुम्लाका अनुसार ६ हजार ८ सय १० मतदाता रहेको सर्केगाडमा ४ हजार ३ सय ८१ मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद दाहालले बताए ।
महाबु गाँउपालिकामा ४० प्रतिशत मत खस्यो

महाबु गाँउपालिकामा ४० प्रतिशत मत खस्यो

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार १२:०६
दैलेखको महाबु गाँउ पालिकामा जारी मतदानमा अहिलेसम्म ३ हजार ४४ मत खसेको छ। बिहान ११ बजेसम्म विभिन्न मतदान केन्द्रमा तीन हजार भन्दा बढी मत खसेको हो। त्यस्तै दुल्लु नगरपालिकाको १३ नम्बर वडाका लागि भएको मतदानमा अहिलेसम्म ६ सय ६६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। दैलेखको महाबु गाँउ पालिकाका ६ वटा वडामा गरेर ८ हजार ३ सय ५६ मतदाता छन्। त्यस्तै जाजरकोटको नलगाड नगर पालिकामा बिहान ११ बजेसम्म ४ हज
कर्णालीका ८ स्थानमा शान्तिपूर्ण रुपमा मतदान

कर्णालीका ८ स्थानमा शान्तिपूर्ण रुपमा मतदान

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार ०९:४६
गाउँपालिका अध्यक्ष, नगरपालिकाको उपमेयर र वडाअध्यक्षको लागि कर्णालीका आठ स्थानमा विहान ७ बजेदेखि मतदान भईरहेको छ । सवै मतदान केन्द्रहरुमा शनिवार सवै तयारी पूरा भएकाले आइतवार विहानबाट एक उपमेयर, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र पाँच वडाअध्यक्षको लागि निर्धारित समयमै मतदान सुरु भएको जनाईएको हो ।
उपनिर्वाचन : कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द

उपनिर्वाचन : कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार ०९:१०
उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ। सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द गरिएकाे छ। तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि मतदान भइरहेकाे छ। सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबज
उपनिर्वाचन:मतदान शुरू,यी स्थानमा हुँदैछ चुनाव

उपनिर्वाचन:मतदान शुरू,यी स्थानमा हुँदैछ चुनाव

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार ०७:३६
देशका विभिन्न स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनमा मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर छरिएका पालिकामा ४१ पदका लागि मतदान भएको हो। बागमतीमा किर्तिपुर नगरपालिकाको मेयर, काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्ष पदका लागि मतदान सुरु भएको बताइएको छ। जस अन्तर्गत कोशी प्रदेशका ८ स्थानमा र
स्थानीय तह उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा

स्थानीय तह उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार १५:५९
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा मौन अवधि

उपनिर्वाचनमा मौन अवधि

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १२:२२
स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार मध्यरातबाट ‘मौन अवधि’ सुरु भएको छ । मतदानभन्दा ४८ घण्टाअघि प्रचारप्रसारमा रोक लगाइने कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगले मौन अवधि लागू गरेको हो । यस अवधिमा कुनै प्रकारको प्रचारप्रसार वा मतदातालाई प्रभावित पार्ने कार्य गर्न नमिल्ने आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापासहितका कुनै पनि माध्यमबाट चुनाव
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो

स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो

    प्रकाशित मितिः १२ मंसिर २०८१, बुधबार ०९:३५
कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहका रिक्त ८ वटा पदमा हुने उपनिर्वाचनमध्ये दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । महावुमा पालिका अध्यक्ष पदकै लागि उपनिर्वाचन हुने भएकाले दलहरूले यसलाई प्रतिष्ठाको विषय बनाएका हुन् । विशेषगरी ठुला तीन दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बाहुल्यता रहेको महावुमा ७ जनाको उम्मेदवारी परेको छ । यहाँ का
महावुको विकासका लागि मेरो भूमिका हुनेछ: प्रवक्ता महत

महावुको विकासका लागि मेरो भूमिका हुनेछ: प्रवक्ता महत

    प्रकाशित मितिः ४ मंसिर २०८१, मंगलवार ११:५३
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसारमा आएका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले महावुको विकासका लागि आफ्नो भूमिका रहने प्रतिबद्धता ब्यक्त गरेका छन्। नेपाली कांग्रेस गाउँ कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता महतले महावु गाउँपालिकासम्म आउने सडक स्तरउन्नतीको लागि बजेट सुनिश्चित गर्ने बताएका हु