☰ open Loading... 15 September 2025|  

देश

आज पनि दसैंको टीका र जमरा लगाइँदै

    प्रकाशित मितिः ८ कार्तिक २०८०, बुधबार ०६:३३
बुधबार (आज) पनि दसैंको टीका र जमरा लगाइँदै छ। मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन्। यो क्रम कोजाग्रत पूर्णिमा (शनिबार) को दिनसम्म रहन्छ। कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ। आज पापाङ्कुशा एकादशी पनि रहेको छ। विजयादशमीको भोलिपल्ट पर्ने यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्त

दुर्घटनामा १३ भारतीय तीर्थयात्रु घाइते

    प्रकाशित मितिः ७ कार्तिक २०८०, मंगलवार १८:४७
भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन्। इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडक खण्डमा दसैंको बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र ०३–००१ज०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए। सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा ख
त्यो दसैंको याद

त्यो दसैंको याद

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार १९:१९
'यसपटक खोटोसोट ल्याइदिएन, यसैले काम चलाउने हो।' हाते लाइट र रेडियोमा बजेर अन्तिम अवस्थामा पुगेपछि कुच्याएर फेरि घाममा सुकाएर स्लोमोसनमा बजाउँदा कामै नलाग्ने गिला भएका 'एभरेडी' र 'टाइगर' लेखिएका ब्याट्री घाम सुकाउँदै आमाले भन्नुभयो। आमाले घाममा लस्करै सुकाउनुभएको ब्याट्री हातमा लिँदा भ्यासिलिन जस्तो च्यापच्याप लागेपछि मैले छाब्दीखोला कट्ने गरी मिल्काइदिएँ। एक अध्याय आमाको गाली खाइयो, 'केही
आज महानवमी, यसकारण छ विशेष ?

आज महानवमी, यसकारण छ विशेष ?

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार ०८:१४
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार २१:५४
सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो । शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार ०८:२७
जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ। कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन्। यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन। गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन्। इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बता
आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार ०८:२५
आज बडा दसैँको सातौं दिन अर्थात् फूलपाती। आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ। नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाक
आज नवरात्रको छैटौँ दिन

आज नवरात्रको छैटौँ दिन

    प्रकाशित मितिः ३ कार्तिक २०८०, शुक्रबार ०९:२५
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ ।
आज दसैंको पाँचौं दिन

आज दसैंको पाँचौं दिन

    प्रकाशित मितिः २ कार्तिक २०८०, बिहीबार १२:२३
आज दसैंको पाँचौं दिन दसैंघरसहित पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहे अनुसार आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन लागिएको छ। घटस

कवाडीमा पालिकै पिच्छे कर

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार ०६:३६
एक साता अघि प्रिन्स जैसवाल कवाडी सामान ल्याउन दमौली पुगेका थिए। सामान ल्याउने क्रममा दमौलीबाट ११ किलोमिटर अगाडि छिर्कनेमा नगरपालिकाले निकासी कर काट्यो। भ्याट बिल सहित सामान ल्याएका जैसवाललाई तौल नगरी प्रतिकिलो २ रुपैयाँ २६ पैसाका दरले कर काटियो। १० टन ७० किलो सामान ल्याएका उनलाई ठेकेदारले १४ टनको कर लिएका थिए। ‘बिजुलीको पावर हाउसमा सामान लिन गएको थिए। त्यहाँ जोख्ने कुरा थिएन्। मैले १० टनको कर क