
नेपाली कांग्रेसले आयोजना गरेको सरकार विरुद्धको विरोध सभामा हजारौ सहभागी
प्रकाशित मितिः २९ मंसिर २०७७, सोमबार १६:४९
नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध विशाल प्रदर्शन देशव्यापी रुपमा शुरु गरेको छ। कर्णाली प्रदेशका सबै जिल्लामा पनि सरकार विरुद्ध विरोध प्रर्दशन भएको हो । कर्णालीमा आज एक लाख बढीले विरोध सभामा सहभागी भएको जनाइएको छ । सुर्खेत र दैलेखमा हजारौ जना विरोध सभामा सहभागी भए ।
केपी ओली नेतृत्वको सरकार भष्ट्राचार, कुशासन, अधिनायकवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको ठहर गर्दै नेपाली कांग्रे