
बजार नपाउने डरले काँचो स्याउ बिक्री
प्रकाशित मितिः ३२ श्रावण २०७६, शनिबार १५:५४
कालिकोट, कालिकोटका विभिन्न बजारमा यो वर्ष पनि नपाकेको काँचो स्याउ छ्याप्छयाप्ती बिक्री हुन थालेको छ । हरेक वर्षझैँ छिट्टै पैसा हात पर्ने आशामा किसानले काँचो स्याउ बजारमा ल्याएर बिक्री गर्ने गरेका हुन् । कालिकोटको उत्तरी क्षेत्रमा पर्ने तिलागुफा नगरपालिकाको फोइमहादेव, ओदानकु, राम्नाकोट, राचुली, जुबिथा गेलालगायतका ठाउँमा फलेका स्याउले बजार पाउन सकेको छैन ।
‘स्याउका बगैँचा बर्सेनि बढ्दै छन् । यहाँ