निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक
प्रकाशित मितिः २९ जेष्ठ २०७५, मंगलवार १४:५८
काठमाडौं - नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्।
संघको गत आइतबारको बैठकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव केही खुकुलो हुँदै गएको भन्दै गत पुसमा गरेको सहमति फिर्ता लिएको थियो । संघले प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला







