
पाँच अर्ब ९४ करोड ऋण सहयोग गर्न विश्व बैंक सहमत
प्रकाशित मितिः ४ पुष २०७३, सोमबार १५:५१
विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप रु पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा हस्ताक्षर गरेका छन ।
सम्झौताअनुसार उक्त रकम परियोजनाअन्तर्गतका सडक र पुल विकास