☰ open Loading... 2 May 2024|  

अर्थ

सुनको मूल्यमा नयाँ रेर्कड, तोलामा १ लाख २५ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ रेर्कड, तोलामा १ लाख २५ हजार रुपैयाँ पुग्यो

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १२:४७
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार तोकिएको छ। बुधबार प्रतितोला १ लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर नयाँ रेकर्ड कायम भएको हो। यस्तै आज तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदी तोलामा १ हजार ४७० रुपैयाँम
भूकम्प प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिँदै

भूकम्प प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिँदै

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १०:१३
जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिने भएको छ । त्यसका लागि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कार्यक्रम सञ्चालन गरिने स्थानीय तहबिच बुधबार सम्झौता भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा तालिम सम्बन्धी छलफल भई हस्ताक्षर गरिएको छ । छेडागाड नगरपालिका, चौरजहारी नगरपालिका, बारेकोट गाउँपालिका, त्रिवेणी
सुर्खेतको सिम्तामा ‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

सुर्खेतको सिम्तामा ‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

    प्रकाशित मितिः २३ फाल्गुन २०८०, बुधबार २१:०७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ आलीमा स्थापना गरेको भनिएको ‘हाइटेक’ नर्सरी निर्माणमा अनियमितता भएको भन्दै वन अधिकृतसमेत उक्त कार्यमा संलग्न विरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको मुद्दामा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षारोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्
आठविसमा विद्यार्थीबाट पैसा असुल्दै

आठविसमा विद्यार्थीबाट पैसा असुल्दै

    प्रकाशित मितिः २३ फाल्गुन २०८०, बुधबार १३:३२
दैलेखको आठबिस नगरपालिका – ७ स्थित श्री झाउरे पिपल आधारभूत बिद्यालयले विद्यार्थीबाट परिक्षा शुल्कको नाममा पैसा उठाउने भएको छ । २०८० फागुन १० गते प्रधानाध्यापक लक्ष्मी शाहीको अध्यक्षतामा बसेको शिक्षक बैठकले परिक्षा शुल्कको नाममा विद्यार्थीबाट पैसा लिने निर्णय गरेको हो । शिक्षकहरुको निर्णय अनुसार कक्षा ४ बाट ५० रुपैँया, ५ बाट ८० रुपैँया ६ बाट ९० रुपैँया, ७ बाट १ सय रुपैँया र कक्षा ८ बाट ११ सय रुपै
विद्यालय खाताको रकम हिनामिना

विद्यालय खाताको रकम हिनामिना

    प्रकाशित मितिः २२ फाल्गुन २०८०, मंगलवार १८:२८
दैलेखको आठबिस नगरपालिका – ७ स्थित श्री झाउरे पिपल आधारभूत बिद्यालयको खातामा भएको रकम हिनामिना भएको पाईएको छ । विद्यालयमा रहेको ७ लाख रकम हिनामिना भएको पाईएको हो । बिद्यालयका शिक्षक बिद्या प्रसाद चौधरी प्रधानाध्यापक भएको समयमा रहेको बेला बेरुजी बापतको ७ लाख रुपैँया अहिले खातामा नहुँदा बिद्यालयको खातामा जम्मा गरेको र, त्यो रकम पनि बिद्यालयको खाताबाटै हिनामिना गरेको पाईएको छ । उनले प्रधानाध्य
आयोजना प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोजना प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २२ फाल्गुन २०८०, मंगलवार १७:५२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवसहित इन्जिनियर मदन राय, सवइन्जिनियर सरोजकुमार यादव र गुन्जा कन्स्ट्रक्सनका प्रोपराइटर गोविन्दप्रसाद मण्डलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन मेयरविरुद्ध मुद्दा दायर

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन मेयरविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः २१ फाल्गुन २०८०, सोमबार ०८:४८
स्यानिटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार बरबरिया यादवसहित ९ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ। सडक निर्माणमा काम भन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट उदय फागुन १६ गते सफाइ पाएका थिए। नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनि
‘टेरामक्स भ्रष्टाचार’ मा अरबौं अनियमितता मुद्दाको तयारीमा अख्तियार

‘टेरामक्स भ्रष्टाचार’ मा अरबौं अनियमितता मुद्दाको तयारीमा अख्तियार

    प्रकाशित मितिः २१ फाल्गुन २०८०, सोमबार ०८:४५
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्बौं रूपैयाँ अनियमितता भएको विषयमा छानबिन गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग दोषी देखिएकाविरुद्ध मुद्दा दर्ताको तयारीमा छ। यति नै बेला मुख्यसचिव वैकुण्ठ अर्याल नेपाल टेलिकमको पुरानै बिलिङ सिस्टम मेसिनलाई निरन्तरता दिने निर्णय प्रक्रियामा समेत मुछिएका छन्। तत्कालीन सञ्चार सचिव एवं नेपाल
नारायण नगरपालिकाले नियम विपरीत शिक्षकलाई तलबभत्ता ९२ लाख रकम भुक्तानी

नारायण नगरपालिकाले नियम विपरीत शिक्षकलाई तलबभत्ता ९२ लाख रकम भुक्तानी

    प्रकाशित मितिः २० फाल्गुन २०८०, आईतवार १४:१२
दैलेखको नारायण नगरपालिकाले नियम विपरीत शिक्षकलाई तलब भत्ता उपलब्ध गराएको छ । नारायण नगरपालिकाले नियम विपरीत शिक्षकलाई तलब भत्ता स्वरूप ९२ लाख रकम भुक्तानी गरेको हो । महालेखापरीक्षकको प्रतिवेदन २०७९ अनुसार शिक्षकको तलब भत्ता बापत सशर्त अनुदान प्राप्त हुन्छ । तर नारायण नगरपालिकाले शिक्षकलाई वित्तीय समानीकरण अनुदानबाट ९२ लाख रकम तलब भत्ता उपलब्ध गराएको छ । यो रकम अनियमित तथा नियम विपरीत भएको मानिन्छ
पहाडमा लागुऔषध र तराईमा खुला सीमा चुनौती

पहाडमा लागुऔषध र तराईमा खुला सीमा चुनौती

    प्रकाशित मितिः २० फाल्गुन २०८०, आईतवार ११:३८
लुम्बिनी प्रदेशस्थित तराईका जिल्लामा खुला सीमाका कारण साना हातहतियार र पहाडी जिल्लामा लागुऔषधसँगै वैदेशिक रोजगारीले सिर्जना गरेका समस्या सुरक्षा चुनौतीका रूपमा देखिएका छन्। लुम्बिनीका १२ वटै जिल्लाका सुरक्षा अधिकारीले यी सुरक्षा चुनौतीले आपराधिक क्रियाकलापको जोखिम बढाएको बताएका छन्। उनीहरूका अनुसार पहाड र तराईका साझा सुरक्षा चुनौती भनेको लागुऔषध प्रयोग हो। तराईका जिल्लामा खुला सीमाका कारण सिर्ज