ट्रम्पको धम्कीले सुनको मूल्यमा भारी वृद्धि
प्रकाशित मितिः ९ बैशाख २०८२, मंगलवार १३:३८
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । प्रतिऔंस ३४०० डलर नाघेको छ ।
मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको छ । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ । मंगलबार नेपाली बजारमा मूल्य समायोजन हुँदा यसको प्रभाव पर्नेछ । सोमबार नेपाली बजारमा प्रतितोला १ लाख ९१ हजारमा सुनको कारोबार भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्







