☰ open Loading... 22 November 2024|  

अर्थ

नेप्सेमा १६ अङ्कले वृद्धि

नेप्सेमा १६ अङ्कले वृद्धि

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १२:११
काठमाडौँ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट रु एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार बराबरका ३३ लाख २० हजार पाँच सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
वित्तीय जागरण अभियान सुरु

वित्तीय जागरण अभियान सुरु

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १६:४९
धनगढी । कैलालीको अत्तरियाबाट शनिबार ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चीरञ्जीवी नेपालले अत्तरियामा आयोजित कार्यक्रममा वित्तीय साक्षरता बढाउन आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्दै सुदूरपश्चिमका विभिन्न जिल्लाका ग्रामीण इलाकामा बैंक तथा वित्तीय संस्थाको उपस्थिति अझै बलियो नरहेको बताए । जनसङ्ख्यालाई वित्तीय पहुँचमा ल्याउन सरकारले एक घर एक
बजाज कम्पनीका नयाँ एनएस पल्सर सुर्खेतमा

बजाज कम्पनीका नयाँ एनएस पल्सर सुर्खेतमा

    प्रकाशित मितिः १२ फाल्गुन २०७३, बिहीबार १७:१८
सुर्खेत । नेपालमै सार्वधिक विक्रि हुने मोटरसाइकल ब्राण्ड बजाज कम्पनीले सुर्खेतमा नयाँ एनएस मोडलका पल्सर बाईक सुर्खेतमा भित्राएका छ । सुर्खेतका आधिकारीक बिक्रेता असिम अटो पार्टस सुर्खेतले  नयाँ पल्सर १६० सीसी एन एस मोडलको बिक्री खुला गरेको हो । यो पल्सरले मोटरसाइकलको प्रविधि र डिजाइनलाई परिभाषित गर्ने र पहिलो पल्सर सन् २००१ मा आएको पल्सर जत्तिकै लोकप्रिय हुने अपेक्षा असिम अटो पार्टसका संचालक लक्
शाखारहित बैंकिङ सेवा सुरु

शाखारहित बैंकिङ सेवा सुरु

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार ०८:१३
धनगढी । जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार स्थानबाट शाखारहित बैंकिङ सेवा शनिबारबाट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापा र युके एड सक्षम एक्सिस टू फाइनान्सका प्रशन्न केसीले संयुक्त र
रोल्पामा एक हजार बढी उद्योग सञ्चालनमा

रोल्पामा एक हजार बढी उद्योग सञ्चालनमा

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १६:४७
रोल्पा । घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यालय स्थापना कालदेखि अहिलेसम्म एकहजार ४१२ वटा उद्योग निरन्तर सञ्चालनमा रहेको छ ।  उद्योग अधिकृत बालकृष्ण आचार्यका अनुसार ती उद्योगबाट एक हजार ७०५ जना महिला र एक हजार ४५७ जना पुरुष गरी कुल पाँच हजार ५९५ जनाले रोजगारी प्राप्त गरिरहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादनमूलक उद्योग एक सय ६२ वटा स्थापना भएको देखिन्छ । ती उद्योगबाट
सुदूरपश्चिममा लगानी दशक अभियान

सुदूरपश्चिममा लगानी दशक अभियान

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १५:४८
ठूला व्यवसायीलाई उद्योगधन्दा खोल्न आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउन कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा लगानी दशक अभियान थालिने भएको छ । यस क्रममा सुदूरपश्चिममा रहेका लगानीका सम्भावनालाई उजागर गर्न उद्योग वाणिज्य सङ्घले आज सुदूरपश्चिम लगानी दशक ‘सेमिनार’ गर्न लागेको छ । गोष्ठीमा यस क्षेत्रमा रहेको कृषि, पर्यटन, जलविद्युत्, जडीबुटीलगायतका क्षेत्रमा भएका सम्भावनाका विष
राेल्पामा ७८ प्रतिशत सहकारी सक्रिय

राेल्पामा ७८ प्रतिशत सहकारी सक्रिय

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १२:३२
रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् । जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ । जिल्लामा दर्ता भएका सहकारीमध्ये ४३ बचत तथा ऋण, ६ बहुउद्देश्यीय, स्वास्थ्य, सामाजिक उद्यमी, मौरीपालन, जडीबुटी र उपभोक्ता गरी एक÷एक सहकारी छन् भने ८५ वटा कृषि सहकारी रहेका छन् ।
‘बैतडी साबुन’ को माग बढ्दै

‘बैतडी साबुन’ को माग बढ्दै

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १७:०६
हर्वल साबुन यहाँको गाउँमै उत्पादन हुन थालेको छ । गाउँमै उत्पादित साबुनको माग बढ्दै गएको छ । विसं २०७१ मा स्थापना भएको जिल्लाको श्रीकेदार–२, पीपलकोटमा सञ्चालनमा रहेको सिर्जना हर्वल लघु उद्योगले उत्पादन गरेको ‘बैतडी साबुन’ गाउँमै खपत हुन थालेको छ । सो साबुनको गुणस्तर वृद्धि हुँदै गएपछि अहिले जिल्लाका विभिन्न बजारसँगै छिमेकी डडेल्धुरा, धनगढी, महेन्द्रनगरबाट समेत माग हुन थालेको उद्योगका सञ्चालक स
‘व्यवसायिक कर व्यवसायकै हीतमा’

‘व्यवसायिक कर व्यवसायकै हीतमा’

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १६:५९
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायीले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा जोड दिएका छन । वीरेन्द्रनगर नगरपालिकाका नयाँ कार्यकारी अधिकृत विमलराज गौतमलाई शुक्रबार संघमा स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दे उनले पछिल्लो समय व्यवसायिक करबाट संकलन भएको रकमबाट बजेट विनियोजन गरी नगर क्षेत्रमा सीसीक्यामेरा जडान शुरु गर्नु खुसीको कुरो भएको बताएका
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १६:५९
कैलाली भन्सार कार्यालयले निर्धारण गरिएको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आवको साउनदेखि पुस मसान्तसम्म भारतबाट आयात हुने वस्तुबाट निर्धारण गरिएको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको कैलाली भन्सार कार्यालयका प्रमुख यज्ञमूर्ति भन्डारीले जानकारी दिए । साउनमा रु १३ करोड आठ लाख ४३ हजार सङ्कलनको लक्ष्य लिएकामा रु डेढ करोड बढी राजस्व सङ्कलन गरेको छ । भदौमा रु १६ करोड