
जाजरकाेट भूकम्प: ‘विद्यालय त खण्डहर छ, कहाँ बसेर पढ्नु?’
प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार १२:३९
भूकम्पले विद्यालय भवन भत्केर ‘खण्डहर’ भएका छन्। केही बचेका भवन पनि चर्केर भित्र पस्न नसकिने अवस्थामा छन्। दसैं र तिहारको लामो बिदापछि विद्यालय खुल्ने दिन आइपुग्दा भेरी त्रिवेणी माध्यमिक विद्यालय रिम्नाघाटमा कक्षा १० मा पढ्ने पुष्पकमल रानामगर अन्योलमा परेका छन्।
पूर्वनिर्धारित समयअनुसार दसैं-तिहारको बिदापछि विद्यालय मंसिर ४ देखि खुल्नुपर्छ। तर बिदाको बीचमै भूकम्प आएर विद्यालय भवनमा क्षति पुर्या