फारम भरेको जिल्लाबाट शिक्षककाे परीक्षा दिन नपाइने
प्रकाशित मितिः २१ भाद्र २०७५, बिहीबार १६:४१
काठमाडाैं : शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए ।
“परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौँ” उनले भने, “परीक्षार्थीले जुन जिल्ल