तीन बुँदे माग सहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र
प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १६:४७
सुर्खेत । नेपाल राहत शिक्षक कर्णाली प्रदेशले तीन बुँदे माग सहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार प्रदेश कार्य समितिका अध्यक्ष बुद्धिसिंह विष्टको नेतृत्वमा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो ।
शिक्षा ऐन तथा नियमावली संशोधन गरी स्थानीय शिक्षा नियमावलीमा आवश्यक प्रक्रिया पुरा गरी राहत कोटामा कार्यरत सम्पुर्ण शिक्षकलाई स्थायी गर्न माग गरिएको