इन्जिनियरिङ्ग संकाय स्वायत्त बनाउन विश्वविद्यालय प्रशासन सहमत
प्रकाशित मितिः २३ असार २०७५, शनिबार २२:३८
सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायलाई स्वायत्त हुने भएको छ । पाँचौ दिनदेखी अनशनरत विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीविच शनिबार साँझदेखी जारी रहेको वार्तामा विद्यार्थीले राखेको ७ बुदे माग मध्य ६ बुदामा सहमति भएको हो ।
तर, इन्जिनियरिङ्ग संकायका विद्यार्थीले राखेको गोल्डेन चान्स परीक्षाको विषयमा भने सहमति हुन नसकेको अनेरास्ववियू सुर्खेतका अध्यक्ष धुपेन्द्र शाहीले जानकार








