☰ open Loading... 4 November 2025|  

शिक्षा

हाजिरी नपुगेका एकसय एक्काइस विद्यार्थी एसईई वञ्चित

हाजिरी नपुगेका एकसय एक्काइस विद्यार्थी एसईई वञ्चित

    प्रकाशित मितिः ४ चैत्र २०७४, आईतवार १४:१३
रोल्पा । परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १ सय २१ परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ । शिक्षा नियमावलीअनुसार विद्यार्थी वि
कार्यसम्पन्न विनै ८ करोड ८५ लाख निकासा

कार्यसम्पन्न विनै ८ करोड ८५ लाख निकासा

    प्रकाशित मितिः २८ फाल्गुन २०७४, सोमबार १८:४६
दैलेख । जिल्ला शिक्षा कार्यालय दैलेखले ८६ विद्यालयलाई भौतिक सुविधा विस्तारका अन्र्तगत निर्माणका लागि ८ करोड ८५ लाख रुपैँया कार्यसम्पन्न प्रतिवेदन पेश नगरेरै भुक्तानी भएको छ । लेखा परिक्षण प्रतिवेदन २०७२÷०७३ सार्वजनिक गरेअनुसार शिक्षा कार्यालयले निर्माण समिति र शिक्षा कार्यालयका प्राविधिकहरुले कार्यसम्पन्न प्रतिवेदन पेश नगरेरै भुक्तानीका लिएको खुलेको हो । कार्यक्रम कार्यान्वयन निर्देशिकामा भौतिक
डोटीका दुई विद्यालय गाभ्ने तयारी

डोटीका दुई विद्यालय गाभ्ने तयारी

    प्रकाशित मितिः २६ फाल्गुन २०७४, शनिबार १७:०८
डोटी । डोटी शिखर नगरपालिका(३ मा सञ्चालित दुई सामुदायिक बिद्यालयहरु गाभ्ने प्रक्रिया अगाडि बढेको छ । अमरज्योति अधारभुत बिद्यालय आली र डाँडावाग आधारभुत बिद्यालय खुनखुडालाई गाभेर एक गर्ने तयार गएकिो हो । कात्तिक महिनादेखि छलफल सुरु हुँदै विद्यालय गाभ्ने बिषय अव सहमति नजिक पुगेको डाँडाबाग आधारभूत विद्यालयका प्रधानाध्यापक अमरराज जोशीले जानकारी दिए । ‘दुवै विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न
स्कूलमा छात्राको लाइन छोटो: झस्काउने तथ्यांक

स्कूलमा छात्राको लाइन छोटो: झस्काउने तथ्यांक

    प्रकाशित मितिः २५ फाल्गुन २०७४, शुक्रबार १७:११
स्कूलमा छात्राको लाइन छोटो हुँदै जानु र अस्पतालहरूमा छोरा धेरै जन्मन थाल्नुले जनसांख्यिक असन्तुलनको खतरनाक संकेत गर्छ । -लक्ष्मी भण्डारी: खोज पत्रकारिता केन्द्रका लागि बिहान १० बजे सुर्खेतको उषा बोर्डिङ स्कूलको प्रार्थना सभा हुँदै गर्दा शिक्षिका मधु बिसीलाई महसूस भयो-पहिले भन्दा केटीहरूको लाइन घट्दै गएको छ । छेउमै उभिएकी सहकर्मीलाई यो कुरा भन्दा उत्तर आयो, “साँच्चै, हाम्रो पालामा केटीहरूको लाइन
बजाजले दियो बालबालिकालाई शैक्षिक सामग्री

बजाजले दियो बालबालिकालाई शैक्षिक सामग्री

    प्रकाशित मितिः २१ फाल्गुन २०७४, सोमबार १५:५९
सुर्खेत । सुर्खेतमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता असिम अटो पाट्र्सले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । नेपाल बाल संगठनद्धारा वीरेन्द्रनगर ६ मा सञ्चालित बाल मन्दिर प्राविमा पढ्ने विद्यार्थीहरुलाई सोमबार बजाज कम्पनीको अभियान मेरो गाउँ मेरो बजाज अभियान अन्तर्गत शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । विद्यालयमा अध्ययन गर्ने १ सय ५ जना विद्यार्थीहरुलाई एक एक दर्जन कापी र पेन्सिल वितरण गरिए
विद्यालय विद्यार्थीविहीन

विद्यालय विद्यार्थीविहीन

    प्रकाशित मितिः १७ फाल्गुन २०७४, बिहीबार १८:५६
सल्यान   ।  शारदा नगरपालिका ९, मधनास्थित कालिका प्राथमिक विद्यालय विद्यार्थीविहीन भएको छ । विद्यार्थी नभएपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । कक्षा ३ सम्म सञ्चालित विद्यालयमा १८ बालबालिका अध्ययनरत थिए । तर, अभिभावकले निजी विद्यालयमा भर्ना गरेपछि विद्यार्थीविहीन भएको हो । प्रधानाध्यापक दीपक थापाका अनुसार विद्यार्थी नभएपछि पाँचकोठे दुई भवन जीर्ण बन्दै गएका छन् । गाउँका बालबालिकालाई पढ्न जान
तीन बुँदे माग सहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र

तीन बुँदे माग सहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १६:४७
सुर्खेत । नेपाल राहत शिक्षक कर्णाली प्रदेशले तीन बुँदे माग सहित  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार प्रदेश कार्य समितिका अध्यक्ष बुद्धिसिंह विष्टको नेतृत्वमा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो । शिक्षा ऐन तथा नियमावली संशोधन गरी स्थानीय शिक्षा नियमावलीमा आवश्यक प्रक्रिया पुरा गरी राहत कोटामा कार्यरत सम्पुर्ण शिक्षकलाई स्थायी गर्न माग गरिएको
शैक्षिक सत्र शुरु भइसक्दा पुगेन पाठ्य पुस्तक

शैक्षिक सत्र शुरु भइसक्दा पुगेन पाठ्य पुस्तक

    प्रकाशित मितिः १३ फाल्गुन २०७४, आईतवार १६:२७
डोल्पा । नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत डोल्पाका बालबालिकाको हातमा किताब पुगेको छैन । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पुर्याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको कालिका र नर्कूमा पुगेर आइतबारदेखि वि
प्राविधिक शिक्षा संचालन गर्न सहयोग रकम जुट्दै

प्राविधिक शिक्षा संचालन गर्न सहयोग रकम जुट्दै

    प्रकाशित मितिः १३ फाल्गुन २०७४, आईतवार १२:२१
सुर्खेत । शिव माध्यमिक विद्यालय विरेन्द्रनगर ११ धुलियाविटले आगामी शैक्षिक वर्षदेखि प्राविधिक शिक्षा अन्र्तगत १८ महिने पशु विज्ञान विषय संचालनका लागि सहयोग जुट्न थालेको छ । प्राविधिक शिक्षा संचलनका लागि महाअभियान क्रममा विद्यालयलले शनिबार अभिभावक र सरोकारवाला पक्षससंग छलफल कार्यक्रममा विभिन्न व्यक्तिहरुले सहयोग रकम बोलेका छन् । कार्यक्रममा कर्मचारी, अभिभावक , शिक्षक समाजसेविले विद्यालयको अभियानमा
डोल्पामा अझै पुगेन् पुस्तक

डोल्पामा अझै पुगेन् पुस्तक

    प्रकाशित मितिः १३ फाल्गुन २०७४, आईतवार ०८:४४
  डोल्पा । डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पु¥याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको काल