माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने
प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार १४:२८
काठमाडौँ । आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन् ।
विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ ।
शिक्ष