☰ open Loading... 25 November 2024|  

शिक्षा

नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द

नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १३:३३
दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै त्यहाँ सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ । प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य चौकीका प्रमुख विमल केसीले बताए । सुगमताको हिसाबले हेर्दा हाल यो स्वास्थ्य चौकी नगरपालिकामा पर्दछ, भौगोलिक हिसाबले अति नै दुर्गम छ । विगत
वार्षिक सात हजार स्टाफ नर्स उत्पादन , रोजगारीको समस्या उस्तै

वार्षिक सात हजार स्टाफ नर्स उत्पादन , रोजगारीको समस्या उस्तै

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १७:१८
नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन् । उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले नर्सका विद्यमान अवस्थाका बारेमा सुधार गर्न एक महिनाअघि वीर अस्पतालका प्रमुख अस्पताल नर्सिङ प्रशासक, नर्सिङ निर्देशक प्रा गोमादे
सुर्खेतमै पढेर ‘डिप्लोम्याट’

सुर्खेतमै पढेर ‘डिप्लोम्याट’

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १३:१५
सुर्खेत । अर्घाखाँचीको मैदानका दिलीप भट्टराई भारतको युनिर्भसिटी अफ पुनेमा सिभिक्स एन्ड पोलिटिकल साइन्समा स्नातक पढ्दै थिए । कूटनीतिज्ञ बन्ने लक्ष्य राखेका उनले बीचमै पढाइ छाडे र नेपाल फर्किए । फर्किनुको कारण थियो– मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को केन्द्रीय क्याम्पस, सुर्खेतमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति (आईआर) विषय अध्ययन गर्नु । ‘सुर्खेतमै पढ्न पाएपछि किन विदेश जानु भनेर पुनेबाट फर
८८ जना नयाँ कुष्ठरोगी भेटिए

८८ जना नयाँ कुष्ठरोगी भेटिए

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १२:२७
कुष्ठरोग निवारण अभियानअन्तर्गत माघ १० गतेदेखि हालसम्म बर्दियामा ८८ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा बिहीबारसम्म ८८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका कुष्ठरोग कार्यक्रमका फोकल पर्सन जीवन रजौरेले जानकारी दिए  । ८८ जनामध्ये २२ जनामा एमबी र ६६ जनामा पिबी देखिएको छ । पिबी भन्नाले कुष्ठरोगको जीवाणु अत्य
राणाकालमा स्थापना भएको विद्यालयमा पठनपाठनको समस्या

राणाकालमा स्थापना भएको विद्यालयमा पठनपाठनको समस्या

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार १५:११
राणाकालमा स्थापना भएको बैतडीको दुर्गम तल्लोस्वराड स्थित मणिलेक माविमा विद्यार्थीका लागी कक्षाकोठा अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा हाल विद्यार्थीको चाप बढेकाले यस्तो समस्या आएको हो । करिब १८० विद्यार्थी एउटै कोठामा बसेर पढ्नुपर्ने बाध्यता रहेको कक्षा ११ मा अध्ययनरत छात्रा सरस्वती पोखरेलले बताइन । एउटै कोठामा विद्यार्थीको चाप अत्यधिक भएकाले पछाडि
उपकुलपति नियुक्त नगरिए सेवा ठप्प गर्ने चेतावनी

उपकुलपति नियुक्त नगरिए सेवा ठप्प गर्ने चेतावनी

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार १०:५८
नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने चेतावनी दिएको हो । जुम्लामा बुधबार पत्रकारसम्मेलनको आयोजना गरी एक साताभित्र पदाधिकारी नियुक्त नगरिए प्रतिष्ठ
पचास लाखमा शैक्षिक भवन निर्माण

पचास लाखमा शैक्षिक भवन निर्माण

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार १८:४४
शिक्षक महासङ्घ तथा शिक्षा सम्बन्धी सरोकारवालाको संयुक्त पहलमा करिब रु ५० लाखकोलागतमा बहुउद्देश्य शैक्षिक भवन निर्माण गरिएको छ । शिक्षकको तालिम, सम्मेलन तथा शिक्षासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्नका लागि उक्त भवन निर्माण गरिएको हो । शिक्षकको छाता सङ्गठन शिक्षक महासङ्घको अग्रसरतामा निर्माण भएको सो भवनका लागि जिल्ला शिक्षा कार्यालय, जिल्लाका उच्च मावि, माध्यमिक र निम्नमाध्यमिक विद्यालय, परीक्षा
स्वास्थ्य संस्था नाम मात्रका

स्वास्थ्य संस्था नाम मात्रका

    प्रकाशित मितिः ११ माघ २०७३, मंगलवार ०९:४२
जाजरकोट । जिल्लाको नायकवाडा स्वास्थ्यचौकीमा कार्यालय सहयोगीसहित ६ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि अनमी लीला शाह मात्र कार्यरत छिन् । स्वास्थ्य सहायक १, अहेब २, अनमी १ र कार्यालय सहयोगी पद रिक्त भएको ६ महिना बितिसक्दा पनि पदपूर्ति नभएपछि अनमी शाह एक्लै पूरै स्वास्थ्यचौकीको बिँडो थाम्न बाध्य छिन् । रग्दा स्वास्थ्यचौकीमा पनि औषधिको अभाव छ । अनमीले नियमित खोप जेनतेन चलाइरहेकी छन् । अन्य सेवा ला
दैलेखी सेवा समाजद्वारा रक्तदान

दैलेखी सेवा समाजद्वारा रक्तदान

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार १५:२२
दैलेखी सेवा समाजले काठमाडौंमा वृहत रक्तदान कार्यक्रम गरेकाे छ ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा “वृहत् रक्तदान कार्यक्रम” सम्पन्न गरेकाे समाजका महासचिव माेहन शाहीले जानकारी दिए । रक्तदान कार्यक्रमकाे उद्घाटन शिक्षण अस्पतालका कार्यवाहक निर्देशक प्रा. डा. दिनेश वाग्लेले गरेका थिए । दैलेख जिल्लाका महत्वपूर्ण व्यक्तित्वहरु देलेखी सेवा समाजका पूर्व अध्यक्ष एवम् प्राज्ञ प्रा. जगतप्
परिवार नियोजन गर्दैनन् पुरुष

परिवार नियोजन गर्दैनन् पुरुष

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार १०:२४
जनस्वास्थ्य कार्यालय बाँकेले लक्ष्मणपुर र नरैनापुरमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्नुअघि चेतनामूलक कार्यक्रम गर्‍यो । स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी र अगुवा घरघर पुगे । तर एक जनाले पनि स्थायी बन्ध्याकरण गरेनन् । गत वर्ष गंगापुरमा सञ्चालन गरेको शिविरमा ५ जनाले मात्र स्थायी बन्ध्याकरण सेवा लिए । चालू आवमा गंगापुरमै सञ्चालित शिविरमा ३ जनाले मात्र स्थायी बन्ध्याकरण गराए । जिल्ल