
जापानका रेष्टुरेन्टमा दाल, भात र गुन्द्रुकको अचार
प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १२:३३
जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ। राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) का पदाधिकारीसँग केही समयअघि भएको भेटमा जापानमा हाल करिब आठ हजारको सङ्ख्