
छुट्टाछुट्टै दुर्घटना: २ को मृत्यु, ४ जना घाइते
प्रकाशित मितिः ८ चैत्र २०८०, बिहीबार ०८:३२
मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्।
मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको