☰ open Loading... 9 March 2025|  

बजार

सुर्खेतमा ४० डिग्री तापक्रम पुग्यो

सुर्खेतमा ४० डिग्री तापक्रम पुग्यो

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १५:३२
सुर्खेतमा तापक्रम ४० डिग्री तापक्रम पुगेको छ । मनसुन नहुँदा तापक्रम बढ्दो गतिमा गईरहेको हो । सुर्खेतमा अहिलेसम्मकै तापक्रम यो वर्ष बढी महशुस भएको स्थानीयहरु बताउँछन् । गर्मी बढेसंगै कहिल्यै नसुकेका इनारहरु सुकेका छन् । वीरेन्द्रनगरमा पानीको हाहाकार भएको छ । अँझै पानी पर्न हप्तादिन कुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मीका कारण वीरेन्द्रनगरमा जनजिवन अस्तब्यस्त भएको छ ।
प्राइम सहकारी ठगी : १ अर्ब ५७ करोड बिगो दाबीसहित ६६ जनाविरुद्ध अदालतमा मुद्दा

प्राइम सहकारी ठगी : १ अर्ब ५७ करोड बिगो दाबीसहित ६६ जनाविरुद्ध अदालतमा मुद्दा

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १३:४६
गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको हो । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरे
जुम्लामा अज्ञात रोगबाट मार्न थाले भेडा

जुम्लामा अज्ञात रोगबाट मार्न थाले भेडा

    प्रकाशित मितिः २७ जेष्ठ २०८१, आईतवार २०:००
जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडाको मृत्यु भएको छ। हिमा गाउँपालिकाको वडा नं-१ बड्की गाउँका किसान वीर बहादुर शाहीका १०, कर्णबहादुर शाहीका ६, अकल शाहीका ४ र जिर शाहीका ३ भेडा मरेका हुन्। वीर बहादुर शाहीका अनुसार, भेडाहरूमा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने र अन्ततः मर्ने समस्या देखिएको छ। यहाँ विगत एक महिनाको अवधिमा २३ भेडाको मृत्यु भएको हो। अज्ञात रोगले तिन दिनभित्र मात्रै
स्क्वायर सहकारीका अध्यक्षसहित तीन पक्राउ, सात करोड बढी बचत हिनामिना

स्क्वायर सहकारीका अध्यक्षसहित तीन पक्राउ, सात करोड बढी बचत हिनामिना

    प्रकाशित मितिः २७ जेष्ठ २०८१, आईतवार १९:५८
काठमाडौंको मखनमा रहेको स्क्वायर बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अध्यक्ष बाशुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैं पक्राउ परेको जनाएको छ। उक्त सहकारीबाट सात करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम हिनामिना भएको आरोप छ। काठमाडौं महानगरपालिकाको सहकारी विभागको पत्रका आध
नापी कार्यालयका कर्मचारी अख्तियारको नियन्त्रणमा

नापी कार्यालयका कर्मचारी अख्तियारको नियन्त्रणमा

    प्रकाशित मितिः २५ जेष्ठ २०८१, शुक्रबार २०:३७
कपिलवस्तुको शिवराजनगर नगरपालिकाको चन्द्रौटा स्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचन प्रसाद गुप्ता शुक्रवार दिउसो २ बजेतिर ३५ हजार घुस सहित रंगेंहात पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले गुप्तालाई पक्राउ गरेको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय
मौरीपालन गरेर वार्षिक २५ लाखसम्म आम्दानी

मौरीपालन गरेर वार्षिक २५ लाखसम्म आम्दानी

    प्रकाशित मितिः २५ जेष्ठ २०८१, शुक्रबार १५:१६
पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो। विसं २०६३ मा १० हजारको लगानीमा दुइटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ। सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ। ‘मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसक
सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुग्यो

सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुग्यो

    प्रकाशित मितिः २५ जेष्ठ २०८१, शुक्रबार १५:०१
सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड तोड्दै १ लाख ४४ हजार रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार फेरि १ हजार रुपैयाँले बढेको छ। आज सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेर कारोबार भैइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो। बिशेष गरी बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछ
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

    प्रकाशित मितिः २२ जेष्ठ २०८१, मंगलवार १६:५६
स्थानीय बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रहेकोमा आज प्रतितोला सुनको मूल्य १ हजार ७ सयले बढेर १ लाख ४२ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। जुन हालसम्मकै उच्च मूल्य हो। त्यसो त यसअघि जेठ १८ गते शुक्रबार सुनको मूल्य १ लाख ४२ हजार २ सय कायम भएको थियो। आज उक्त रेकर्ड तोड्दै सुनको मूल्यल
हुम्लामा जोडियो राष्ट्रिय सडक

हुम्लामा जोडियो राष्ट्रिय सडक

    प्रकाशित मितिः २१ जेष्ठ २०८१, सोमबार २०:५३
देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोटमा पनि सडक पुगेको छ। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो पटक नेपालकै बाटो हुँदै यातायात सेवा पुगेको हो। चीनको सीमा हुँदै सिमकोटमा पहिला नै सडक पुगे पनि नेपालकै बाटो हुँदै भने सडक पुगेको यो पहिलो पटक भएको सरकारको दाबी छ। नेपालमा सडक निर्माणको सुरुवात १९८० को दशकमा काठमाडौं उपत्यक
पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

    प्रकाशित मितिः २० जेष्ठ २०८१, आईतवार २१:४२
सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो । विशेष अदालतले २०६९ मंसिर ११ गतेमा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो । विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने ठहर गरेको थियो । उनीसँ