☰ open Loading... 25 November 2024|  

बजार

बल्खुको अवस्था सामान्य,

बल्खुको अवस्था सामान्य,

    प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार १७:३५
काठमाडौँको बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच भएको झडप नियन्त्रणमा आएको छ। अहिले बल्खुको अवस्था सामान्य बनेको छ। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरपीतर भएका छन्। अहिले प्रदर्शनकारीहरू ललितपुरको सानेपामा पुगेका छन्। बल्खुमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको थियो भने प्रद
कर्णालीमा सूर्यज्योतिको ‘सही प्लान’ बीमा योजना सुभारम्भ

कर्णालीमा सूर्यज्योतिको ‘सही प्लान’ बीमा योजना सुभारम्भ

    प्रकाशित मितिः ६ मंसिर २०८०, बुधबार १७:३२
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्णालीमा कम प्रिमियममा ठूलो बीमा गर्न सकिने बीमा पोलिसी सुभारम्भ गरेको छ । बुधबार कम्पनीले ल्याएको ‘सूर्यज्योति सही प्लान’ नामक नयाँ बीमा योजनाको सुभारम्भ नेपाल बीमा प्राधिकरण कर्णालीका प्रमुख पदम सोडारी र कम्पनीका प्रदेश प्रमुख मोहन पुरीले संयूक्तरुपमा गरेका हुन् । पोलिसीको सुभारम्भ गर्दै प्राधिकरण कर्णालीका प्रमुख सोडारीले जनताले लिन सक्ने परम्परागत पोल
तनहुँकी बिनु ‘मिस मगर नेपाल’

तनहुँकी बिनु ‘मिस मगर नेपाल’

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार २२:०७
मिस मगर नेपालको ताज तनहुँकी बिनु रानाले लगाउन सफल भइन्। उनले फाइनलमा १० प्रतिस्पर्धीलाई पन्छाउँदै मिस मगरको उपाधि जितेकी हुन्। उनले उपाधिसहित ७० हजार नगद पुरस्कारका साथै ‘मोस्ट डेडिकेटेड’ पुरस्कार समेत प्राप्त गरिन्। ‘मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान’द्वारा आयोजित मिस मगर नेपालको प्रतिस्पर्धामा म्याग्दीकी दिवा पाइजामगर फस्ट रनर अप भइन्। उनले उक्त ताजसँगै ‘ख्यातिप्
बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ

बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार १३:४६
चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बेंसी झर्न थालेका छन्। जुम्लाका ८ वटै स्थानीय तहका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गर्छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरू बताउँछन्। हिमाली क्षेत्रको चिसो कम हुने ठाउँहरूमा भेडीगोठ सार्ने गरिन्छ। चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबाख्रा
पाँच रुपैयाँमा पनि बिक्दैन काँक्रा र फर्सी

पाँच रुपैयाँमा पनि बिक्दैन काँक्रा र फर्सी

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार २१:०२
पश्चिम चितवनलाई समेटेर तरकारीको जोन क्षेत्र समेत बनाइएको छ। यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ। अहिले एक हेक्टरमा २० टनको हाराहारीमा फर्सी र काँक्रो उत्पादन भएको छ। फर्सी दैनिक १५ टनको हाराहारीमा खेर गएको उनले बताए। पाँच टनको हाराहारीमा पाँच रुपैयाँमा फर्सी व्यापारीले उठाएको उनले बताए। पाँच रुपैयाँमा बेच्दा किसानलाई प्रतिकेजि तीन रुपैयाँभन्दा बढी घाटा लाग्ने उनी बताउँछन्। ’सय रुपैयाँ केजी पत्
सिङ्गो गाउँ नै लसुन खेतीमा

सिङ्गो गाउँ नै लसुन खेतीमा

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार १८:४०
वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर त्यसपछि व्यावसायिक रुपमा झ्याङका १२ किसानले एकैपटक लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङगो गाउँ नै व्यावसायिक लसुन खेतीमा आकर्षित भएको छ । वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आर्कषण तथा आर्थिक रु
मूर्ति बनाएरै रामबहादुरले जोडे घरघडेरी

मूर्ति बनाएरै रामबहादुरले जोडे घरघडेरी

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार ११:३२
शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर विष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख विष्टको बचपनादेखिकै हो । ‘स्कुल पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो’, विष्टले भने, ‘अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।’ मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको
भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

    प्रकाशित मितिः २७ कार्तिक २०८०, सोमबार १७:१६
कास्कीको माछापुछे«का मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए।बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे।बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुराए। तर सबै बिक्री हुनसकेनन् । तीन सय ५४ मात्रै बिक्री भए। दसैँ सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किए । केही समय गाउँमै घाँस
तिहारमै बिक्री भएन फूल,किसान निराश

तिहारमै बिक्री भएन फूल,किसान निराश

    प्रकाशित मितिः २६ कार्तिक २०८०, आईतवार १३:०५
फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन्।पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए। ‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन्।’बजारमा प्लाष्टिक फूलमा
अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको निधन

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १४:१७
अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।