४ करोड राजश्व छली गर्ने पक्राउ
प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार १५:५७
झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कुतबुद्दिन शेषलाई बुधबार पक्राउ गरेको हो।
३६ वर्षका शेषलाई कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरिएको हो।
उनीविरूद्ध नेपाल पान मसला उद्योग चलाउँदा ३ करोड ९९ लाख १० हजार ९०३ रु