
टर्कीमा प्रहरी कार्यालयनजिकै विस्फोट
प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १८:४८
एकको मृत्यु तीस घाइते
टर्कीको दियारबाकिरमा रहेको प्रहरी कार्यालयनजिकै शुक्रबार भएको बम विस्फोटमा परी एक व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य ३० जना घाइते भएका छन् ।
प्रहरीले टर्कीको मुख्य पार्टी कुर्दीस समर्थन दुई जना उपनेतालाई पक्राउ गरेको केही घण्टापछि नै सो विस्फोटन भएको जनाइएको छ । साथै केही सांसदहरुलाई हिरासतमा राखेको प्रहरी कार्यालय नजिकै विस्फोट गराइएको अधिकारीहरुले जनाएका छ