जाँडरक्सी खानेको खोजी–खोजी सम्मान
प्रकाशित मितिः १८ फाल्गुन २०८०, शुक्रबार १६:२०
सुन्दा अचम्म लाग्न सक्छ, जाँडरक्सी खानेलाई खोजी खोजी सम्मान । हाम्रो समाजमा जाँडरक्सी खानेलाई गाली गरिन्छ । प्रहरीले पक्राउ गर्छ र थाना चौकीमा लैजान्छ । उसलाई थुन्छ । कानुनी कारबाही गर्छ । तर, पाल्पामा भने ठीक उल्टो गरिएको छ ।
नियमित रूपमा जाँडरक्सी खाने व्यक्तिलाई खोजीखोजी सम्मान गरिएको छ । रिब्दीकोट गाउँपालिकाले पालिकाभरीका नियमित रूपमा जाँडरक्सी खाने ६० जनालाई गाउँपालिकाकै कार्यालयमा जम्मा








