राप्तीसोनारीले ल्यायो ‘गुनासो एप’
प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार १२:२९
राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरे पनि उक्त एपलाई औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गुनासो एपलाई सञ्चालनमा ल्याएका हुन् ।
मोबाइलको प्लेस्टोरमा गई ‘गुनासो राप्तीसोनारी एप’ डाउनलोड गरेर सेवाग्राहीले गाउँपालिका कार्यालय, विषयगत शाखा, वडा कार्यालयसँग सम्बन्धित गुनासो पठाउन सक्नेछन्







