अात्मघाती अाक्रमणमा चारकाे मृत्यु
			      
						
प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १५:३४ 
		
		
		
			अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् ।
गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ ।
स्थानीय समयाअनुसार बुधबार बिहान ०८ बजे भएको यस विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताउनुभए		
		
	








