☰ open Loading... 22 November 2025|  

प्रदेश खबर

टिपरको ठक्करबाट २ जनाको मृत्यु

    प्रकाशित मितिः ३० मंसिर २०८०, शनिबार १७:४६
घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रा१क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा२प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानम
प्रहरीको गोली लागेर युवकको मृत्यु घटनाको विरोधमा राजमार्ग अवरुद्ध

प्रहरीको गोली लागेर युवकको मृत्यु घटनाको विरोधमा राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः ३० मंसिर २०८०, शनिबार १७:३७
बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिएको छ। बुधबार सिम्रौनगढ नगरपालिकामा तलब सुविधाका लागि आन्दोलनरत कर्मचारी र प्रहरी पक्षबिच झडप हुँदा स्थानीय लक्ष्मी मुखियाको प्रहरी गोली लगेर मृत्यु भएको थियो। घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवार
विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

    प्रकाशित मितिः ३० मंसिर २०८०, शनिबार १०:३४
गाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीय हर्षित भएका छन्। पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको हो। बत्ती आउला र उज्यालो गाउँ होला भनेर आफूहरूले नसोचे पनि गाउँमा बत्ती आउँदा आफूहरू खुसी भएको चामुण्डाविन्द्रासैनी ९ का स्थानीय शमशेरबहादुर रोकायले बताए। ‘गाउँमा विकास हुन समय लाग्ला झैं लागेको थियो।
चिसोले रित्तिंदै हिमाली बस्ती

चिसोले रित्तिंदै हिमाली बस्ती

    प्रकाशित मितिः ३० मंसिर २०८०, शनिबार ०७:४६
चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्। तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानीसमेत जम्न थालेको छ। चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ। हिमाली जिल्ला मनाङमा रातिको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ। मनाङ सदरमुकाम चामेसमेत यतिबेला सुनसान बन्दै गएको छ। मनाङका प्रमुख
राउटेहरूले गराए औषधाेपचार

राउटेहरूले गराए औषधाेपचार

    प्रकाशित मितिः २९ मंसिर २०८०, शुक्रबार ०६:१९
दैलेखको भैरवी गाउँपालिका ५ कागेतडामा बसेका राउटेहरूले औषधोपचार गराएका छन्। चिसो बढिरहेका बेला विभिन्न रोगले थलिएका उनीहरूले औषधोपचार गरेका हुन्। नेपाल प्रहरी श्रीमती संघले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा राउटे समुदायका सदस्यहरूले आफूलाई भएको बिरामीसम्बन्धी औषधोपचार गरेका थिए। सल्लाको दियालो बालेर नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले स्वास्थ्य शिविरको शुभारम्भ गरेकी
२ लाख घुस लिएको आरोपपछि राजीनामा

२ लाख घुस लिएको आरोपपछि राजीनामा

    प्रकाशित मितिः २६ मंसिर २०८०, मंगलवार १४:१२
पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन् । उनीमाथि घुस लिएको आरोप छ । पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो । रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ । उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य रहेकी उनले २ लाखको चेक लिएको आरोप लागेको हो । श्रेष्ठले
सुन्तला महोत्सव हुने

सुन्तला महोत्सव हुने

    प्रकाशित मितिः २६ मंसिर २०८०, मंगलवार १४:०३
चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो। यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ। सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्न यही पुसको

प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलायो

    प्रकाशित मितिः २६ मंसिर २०८०, मंगलवार १४:०१
प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको थियो । त्यसक्रममा अविनाश राई पक्राउ परेको उनले बताए । उनको साथबाट आइस ड्रग बरामद भएको प्रहरीले जनाएको छ । राईलाई
घरेलु हिंसाबाट पीडित पुरुषले दिन थाले उजुरी

घरेलु हिंसाबाट पीडित पुरुषले दिन थाले उजुरी

    प्रकाशित मितिः २६ मंसिर २०८०, मंगलवार ११:१४
बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिए। उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन्। तर पुरुषले दिने उजुरीको तुलनामा

भूकम्प पीडितलाई चिसोबाट बचाउन आयोगको निर्देशन

    प्रकाशित मितिः २५ मंसिर २०८०, सोमबार २०:३०
राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडितहरूलाई चिसोबाट जोगाउन आवश्यक रहेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ। भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि अहिलेसम्म ४३ जनाको मृत्यु भइसकेको बताउँदै चिसोबाट भूकम्प प्रभावितहरूलाई जोगाउन आवश्यक रहेको बताए। सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादु