☰ open Loading... 10 July 2025|  

प्रदेश खबर

दुल्लूबासीले अब रैकर सरह कर बुझाउन पाउने

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १३:४४
दैलेखको दुल्लू नगरपालिकाका गुठीयारहरुले अब रैकर जग्गा सो सरहको कर बुझाउने भएका छन् । गुठी संस्थानको भदौ १३ गतेको निर्णयले रैकर जग्गा सो सरहको कर असुल गर्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम सोमबार पत्राचार भएको दुल्लू नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार दुल्लू नगरपालिकामा करिब ८० प्रतिशत गुठी रैतानी नम्बरी जग्गा भोगचलन हुँदै आएको छ । त्यसअनुसार २०४८ सालदेखि गुठियार

कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १२:१२
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । जनगणनाको तथ्याङ्कअनुसार २५ हजार नौ सय ९० जना बालबालिकाको जन्म दर्ता नभएको हो । जन्म दर्ता गराएका ८७ दशमलव ३ प्रतिशत बालबालिकामध्ये बालकभन्दा शून्य दशमलव ७ प्रतिशत बालिका धेरै रहेको तथ्याङ्कमा उल्लेख छ । कर्णालीमा सबै ब

एक युवकको हत्या

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार ११:२७
रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । रौतहटको कटहरिया नगरपालिका-५ सपहीका २५ वर्षीय सुनिल यादवको हत्या भएको हो । रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीका अनुसार यादवलाई छिमेक ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पुगेर छुरा प्रहार गरेका थिए ।

सल्यानमा आगलागी हुँदा आमाछोरीको मृत्यु

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार ११:२३
सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । उनीहरुको शव जलेको अवस

दुल्लुमा दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार १९:३१
दैलेखको दुल्लु नगरपालिका -३ को सियालामा कर्णाली लिफ्टिंगको सामाग्री पुगाएर फर्किने क्रममा लु ३ त ९६९४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक दुल्लू नगरपापालिका–२ का २५ वर्षीय धर्म महतको मृत्यूभएको छ । दुर्घटना भएको उक्त ट्रयाक्टरमा सवार दुल्लू नगरपापालिका–३ सियालाका २५ वर्षीय भूपेन्द्र सावद र ११ वर्षीय बालक रमित सावदको दुल्लू अस्पतालमा उपचार भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

बुबाको मुख हेर्ने दिनमै छाेराले गरे बुबाको हत्या

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार १३:५७
मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले बिहिबार बेलुका ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए। उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो। छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुस

कर्णालीमा एमआरआई मेसिनबाट सेवा सुरु

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार १३:५४
कर्णाली प्रदेश अस्पताल सुर्खेतले नेपालकै सबैभन्दा उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । अस्पतालले लामो समयको गृहकार्यपछि २९ करोड ७१ लाख रुपैयाँको एमआरआई मेसिन खरिद गरेर शुक्रवारबाट सेवा सुरु गरेको हो । दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरू सञ्चालन गरिएको हो । आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ।
दैलेख टुडिखेलमा आज वृहत तिजगित हुँदै

दैलेख टुडिखेलमा आज वृहत तिजगित हुँदै

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार ०७:१५
दैलेखको टुडिखेलमा आज (शुक्रबार) जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता हुने भएको छ । रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्जको आयोजनामा भाद्र २९ गते जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता–२०८० हुन लागेको छ । जसको तयारी पूरा भएको आयोजकले जनाएको छ । जिल्ला सदरमुकामको खुला मञ्च टुडिखेलमा हुने प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ नगर र प्रमाणपत्र पाउने छन्, द्धितिय पुरस्कारको लागि १० हजार रुपैय

पत्रकार यादवमाथि धारिलो हतियार प्रहार

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार २१:२०
सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका औरहीमा फेसबुक स्टाटसको विषयमा पत्रकार सन्तोष यादवमाथि धारिलो हतियार प्रहार भएको छ। पत्रकार यादवमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार घटनामा संलग्न रहेको आरोपमा स्थानीय प्रभु यादव, रमण यादव र किशोर यादवलाई नियन्त्रणमा ल

गुर्भाकोटमा दुर्लभ सालक फेला

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार २१:०९
सुर्खेत जिल्लाको गुर्भाकोटमा गाउँपाकिका २ ढावामा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जाति भित्र पर्ने सालक गुर्भाकोट नगरपालिका वडा नम्वर २ ढाबमा फेला परेको हो । सालकलाई मालारानी प्रहरी चौकीका इन्चार्ज जग्दिशबहादुर भण्डारीलाई जिम्मा लगाएका थिए । सालकलाई गुर्भाकोट २ का वडाध्यक्ष नोखबहादुर ओलीको रोहवरमा गुर्भाकोट सबडिभिजन वन कार्यालय