☰ open Loading... 15 September 2025|  

प्रदेश खबर

तुइन चुडिएर कर्णाली नदीमा खस्दा एकजना बेपत्ता

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार ०७:३७
हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन् । उनी कर्णाली करिडोरको ग्युसी-छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए । शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएको सूचना आएकाले खोजी जारी रहेको जिल्ला प

महिलाको शव भकारीभित्र भेटियो

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार २०:२८
सल्यानमा बेपत्ता रहेकी एक जना महिलाको शव फेला परेको छ। शिद्धकुमाख गाउँपालिका-४ खार्बाङकी २८ वर्षीया गणेशी रोकाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन कार्कीका अनुसार रोकाको शव घरको बाली हाल्ने काठको भकारीभित्र फेला परेको हो। शव फेला परेसँगै प्रहरीले घटना शंकास्पद देखिएको बताएको छ। डिएसपी कार्कीका अनुसार रोका असोज १५ गते सोमबार बेपत्ता भएकी थिइन्। उनी हराइरहेको भन्द

राप्ती नदीले बगाएर एक महिलाको मृत्यु, एक बेपत्ता

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १९:२०
पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमायाँ श्रीमल रहेकी छन् । पण्डितका अनुसार उनीहरु आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रह

सल्यानमा यात्रुबहाक बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १७:२८
सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका स्थित मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ की सुमित्रा सुना

सेती नदीमा डुबेर दुई बालक बेपत्ता

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार १५:१५
डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए। उनका अनुसार बेपत्ता हुनेमा वडा नं–४ पिपल्ला बजारका ८ वर्षीय खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन्। बेपत्ता दु
नेपालगन्जमा पुनः कर्फ्यु जारी, पाँच जना भन्दा धेरै भेला हुन नपाइने

नेपालगन्जमा पुनः कर्फ्यु जारी, पाँच जना भन्दा धेरै भेला हुन नपाइने

    प्रकाशित मितिः १९ आश्विन २०८०, शुक्रबार १०:२३
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गरेको छ। आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।
मिटर ब्याजपीडितले गरे प्रदर्शन

मिटर ब्याजपीडितले गरे प्रदर्शन

    प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार २०:१५
रौतहट सदरमुकाम गौरमा मिटर ब्याज पीडितहरूले बिहीबार प्रदर्शन गरेका छन्। मिटर ब्याजी पीडित सङ्घर्ष समितिको अगुवाइमा जिल्लाका पीडितहरूले विभिन्न नारा लगाउँदै गौर बजार परिक्रमा गरेका हुन्। मिटर ब्याजको पीडाबाट आफूहरुलाई न्याय चाहिएको भन्दै पीडितहरूले छिटो न्यायको माग गरेका छन्। मिटर ब्याज पीडितहरूले न्यायको लागि विभिन्न ठाउँमा धाइरहेको भए पनि न्यायमा ढिलाइ हुँदा आफूहरूमाथि झन् अन्याय भइरहेको बताएका
अवरुद्ध राजमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प

अवरुद्ध राजमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प

    प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार ११:२९
दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा अवरुद्ध भएको थियो। मङ्गलवार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मद
नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी

नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी

    प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार ११:२५
बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहीबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जानकारी दिएको हो । राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत् रूपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ । कर्फ्यू खुल्ला गरिएको अवधिमा निषेधाज्ञा भने जारी गरिएको छ । बिहान

नेपाल इन्भेष्टमेण्ट बैंकका मेनेजर त्रिशुली नदीमा हामफाल्दा बेपत्ता

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार १६:०८
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा ब्रान्च म्यानेजर त्रिशुली नदीमा हामफाल्दा बेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोल बस्ने ३८ वर्षीय निराजन देवकोटा त्रिशुली नदीमा हामफाल्दा बेपत्ता भएका हुन् । उनी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक हेटौंडा ब्रान्चका म्यानेजरका रुपमा कार्यरत रहेका छन् । पारिवारिका स्रोतका अनुसार उनी हिजो सोमबार बिहानै काठमाडौंस्थित नेपाल इन्भेष्टमेण्ट मेगा