घुुससहित दुई कर्मचारी पक्राउ
प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार १८:५०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस रकम लि