☰ open Loading... 17 May 2024|  

प्रदेश खबर

हुम्लामा एक्कासि हिमपात : किसान दंग, एसईईका परीक्षार्थीलाई कष्ट

हुम्लामा एक्कासि हिमपात : किसान दंग, एसईईका परीक्षार्थीलाई कष्ट

    प्रकाशित मितिः ८ चैत्र २०७४, बिहीबार १०:०४
हुम्ला । हुम्लामा गएरातिदेखि एक्कासि हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ । हिमपातपछि कृषकहरु भने उत्साहित भएका छन् । बालीनाली सप्रिने आशमा कृषक दंग परेका हुन् ।
जिप दुर्घटनामा एकको मृत्यु, नौ घाइते

जिप दुर्घटनामा एकको मृत्यु, नौ घाइते

    प्रकाशित मितिः ८ चैत्र २०७४, बिहीबार ०९:५२
रुकुम । रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नम्बरको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौजना घाइते भएका छन् । वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतककी श्रीमती २७ वर्षीया अमृता खत्री र सात वर्षीय छोरा हिडन खत्री ग
जीपको ठक्करबाट किशोरीकाे मृत्यु

जीपको ठक्करबाट किशोरीकाे मृत्यु

    प्रकाशित मितिः ७ चैत्र २०७४, बुधबार १९:१८
दाङ । तुलसीपुर उपमहानगरपालिकामा जीपको ठक्करबाट बुधबार एक किशोरीको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ च ४६३६ नम्बरको जीपको ठक्क्रबाट पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीको मृत्यु भएको हो । जीपको ठक्करबाट घाइते नेपालीको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगरद्वारा पाँच विधेयक प्रस्ताव

वीरेन्द्रनगरद्वारा पाँच विधेयक प्रस्ताव

    प्रकाशित मितिः ७ चैत्र २०७४, बुधबार १८:३१
सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाको दोस्रो नगरसभा शुरु भएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्दै अधिकार सम्पन्न मानिएको स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने कानून तयार गर्न वीरेन्द्रनगर नगरपालिकाको दोस्रो नगर सभा शुरु भएको हो । १० महिनादेखी कानून अभावले चाहे अनुरुपको काम गर्न नसकिएको बताउँदै आएका स्थानीय निकायहरुले कानून निर्माण गरेर कार्य सञ्चालन र अवरुद्ध विकासको
सांसद खड्काले गरिन् बालकको उद्दार

सांसद खड्काले गरिन् बालकको उद्दार

    प्रकाशित मितिः ७ चैत्र २०७४, बुधबार १८:१३
सुर्खेत । आगोले जलेर घाइते भएका एक बालकको उद्धार गरिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँका ६ वर्षीय निरज नेपालीलाई उद्धार गरी अस्पताल भर्ना गरिएको हो । कर्णाली प्रदेशसभाकी सांसद पद्मा खड्काको पहलमा बालकलाई बुधबार मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको हो । सांसद खड्काले बालकको सम्पुर्ण उपचार खर्च व्यहोर्ने बताइन् । गत फागुन २९ गते सलाई खेलाउने क्रममा आगो सल्किद
जनप्रतिनिधिलाई मस्ती, सेवाग्राहीलाई सास्ती

जनप्रतिनिधिलाई मस्ती, सेवाग्राहीलाई सास्ती

    प्रकाशित मितिः ६ चैत्र २०७४, मंगलवार १२:२३
कालीकोट । कालीकोटका दुई वटा गाउँपालिका जनप्रतिनिधिहरु अध्ययन भ्रमण भन्दै स्थानीय तहको लाखौ रुपैयाँ खर्च गरेर भ्रमणमा निस्एिपछि सेवाग्राही मर्कामा परेका छन् । आर्थिक वर्ष सकिन चार महिना मात्र बाँकी रहँदा स्थानीय तहमा कामको चटारो बढेपनि जनप्रतिनिधिहरु भने कर्मचारीसहित भ्रमणमा निस्किएका हुन् । आर्थिक वर्ष सकिन लागेको बेला स्थानीय तहको बजेट सक्न जनप्रतिनिधिहरु भ्रमणमा निस्किएको स्थानीयवासीको आरोप
चामुण्डामा कुकुर अांतक, आमा-छोरा घाईते

चामुण्डामा कुकुर अांतक, आमा-छोरा घाईते

    प्रकाशित मितिः ६ चैत्र २०७४, मंगलवार १२:०८
चामुण्डा (दैलेख) ।  बौलाह कुकुरको टोकाईबाट एकै घरका आमा छोरा  घाईत भएका छन । कुकुरको टोकाईबाट अाज चामुण्डाविन्द्रासैनी नगरपालिका–१ आख्रेनीका ४९ वर्षिया दुर्गा पौडेल र उनका १३ वर्षिय छोरा शिवप्रसाद पौडेल गम्भिर घाईतेका भएका हुन । उनीहरुलाई हाल उपचारलाई भैरवी गाउँपालिकाको डाँडामाडी पठाईएको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङले जानकारी दिए । अहिलेसम्म ७ भैसी, ३
नदीमा डुवेर एकको मृत्यु

नदीमा डुवेर एकको मृत्यु

    प्रकाशित मितिः ५ चैत्र २०७४, सोमबार १८:२४
तुलसीपुर ।  दाङमा नदीमा डुबेर एक युवकको ज्यान गएको छ । रुकुम खारा निवासी २५ वर्षिया भरत खड्काको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । आज साथीहरुसंग वनभोज खान बबई गाउँपालिकाको पुरन्धारा झरणामा गएको र १२ बजे बबई नदिमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । १२ बजे पानीमा ड्वेका खड्का को शव साडे २ बजे ३० मिटर तलबाट निकोलेको जिल्ला प्रहरीकार्यलय दाङले जनाएको छ । खड्का श
चौकुने गाउँपालिकाको कार्यालय सदरमुकाममा राखिएकोमा विरोध

चौकुने गाउँपालिकाको कार्यालय सदरमुकाममा राखिएकोमा विरोध

    प्रकाशित मितिः ५ चैत्र २०७४, सोमबार १८:१६
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा सम्पर्क कार्यालय खोलेकोमा स्थानीय वासिन्दाले विरोध गरेका छन् । गाउँगाउँमा सिहंदरबार भन्ने नारा दिए पनि गाउँपालिकाको कार्यालय जिल्ला सदरमुकाममै राखिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । स्थानीयवासीको गुनासो बढेपछि राजनीतिक दलहरुले पनि यसमा चासो देखाएका छन् । एमालेको चौकुने गाउँपालिका कमिटीले सदरमुकाममा राखिएको सम्पर्क कार्य
वीरेन्द्रनगरमा प्रतिवद्धता गरेर बालविवाह रोकिदैन् : अध्यक्ष बस्नेत

वीरेन्द्रनगरमा प्रतिवद्धता गरेर बालविवाह रोकिदैन् : अध्यक्ष बस्नेत

    प्रकाशित मितिः ५ चैत्र २०७४, सोमबार १८:०७
सुर्खेत । वीरेन्द्रनगरमा गोष्ठी र प्रतिवद्धता गरेर ग्रामीण क्षेत्रमा हुने बालविवाह नरोकिने बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले बताएका छन । सोमबार वीरेन्द्रनगरमा ग्लोबल एक्सन नेपाल, आसमान नेपाल, व्रिटिश काउन्सिल र मर्सी कोरको साझेदार भिएसो नेपालको आयोजनाम विहिनीका लागि दिदी कार्यक्रम २ को जिल्ला स्तरीय छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘बालविवाह दुर्गमका ग्रामीण बस्ती हुन्छन्,’