☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

जुम्लामा पहिलो पटक पढाई मेला

जुम्लामा पहिलो पटक पढाई मेला

    प्रकाशित मितिः २६ चैत्र २०७३, शनिबार २०:४५
कर्णालीमा पहिलो पटक जुम्ला सदरमुकाम खलंगामा अवस्थित चन्दननाथ माविमा पुस्तक पढाई मेला सम्पन्न भएको छ । शनिबार जुम्लाबासीको उल्लेख्य सहभागितामा पुस्तक मेला सम्पन्न भएको हो । पुस्तक मेलामा करिब एक हजार जनाले पुस्तक मेलाको अवलोकन गरेका छन् ।  मेलामा १० वटा स्टल समेत राखिएको थियो । जुम्लाका विभिन्न विद्यालयहरुका शिक्षक, विद्यार्थी र अभिभावकहरु सहभागि भएका हुन् । पहिलो आयोजना गरिएको उक्त पुस्तक मेलाम
सुर्खेतमा सम्पन्न भूतपूर्व सैनिक सम्मेलनका २० तस्वीर

सुर्खेतमा सम्पन्न भूतपूर्व सैनिक सम्मेलनका २० तस्वीर

    प्रकाशित मितिः २६ चैत्र २०७३, शनिबार १५:०३
सुर्खेत । भूतपूर्व सैनिक सम्मेलन मध्यपश्चिमाञ्चल २०७३ सम्पन्न भएको छ । वीरेन्द्रनगरको मंगलगढीस्थित सैनिक महाविद्यालयमा शनिवार सो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा सम्बोन्धोन गर्दै नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीले भूतपूर्व सैनिकहरुलाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलम कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । नेपाल सेनाको सैनिक कल्याणकारी कोषबाट अवकाश प्राप्त सैनिक र तिनका

उद्यमतर्फ कैदीको आकर्षित, मासिक २५ हजार आम्दानी

    प्रकाशित मितिः २५ चैत्र २०७३, शुक्रबार १८:११
सल्यान । सल्यानका कैदी वन्दीहरु उद्यमतर्फ आकृर्षित भएका छन् । उनीहरुले जिल्ला कारागार भित्रै विभिन्न घरेलु सामग्रीहरु निर्माण गरेर मासिक २५ हजार आम्दानी समेत गर्न सफल भएपछि उद्यमतर्फ आकर्षित भएका हुन् । कैदीवन्दीहरुले बासबाट निर्माण हुने मुढा, टोकरी जस्ता सामाग्री उत्पादन गर्दै आएका छन् । कैदी वन्दीहरुले खाली समयमा बाँसवाट मुढा, टोकरी, डालो, टोपी लगायतका सामाग्री तयार पार्ने गरेको जिल्ला कारागार
थारु बस्तीका मतदाता चुनावप्रति उत्साहित

थारु बस्तीका मतदाता चुनावप्रति उत्साहित

    प्रकाशित मितिः २५ चैत्र २०७३, शुक्रबार १५:३८
धनगढी । स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण सृजना गर्नुपर्ने माग गरिरहँदा थारुबस्तीका मतदाताले चुनावप्रति उत्साहित भएका हुन् । विभिन्न दलका चुनावी गतिविधिहरु बस्तीमा सुरु भएसँगै त्यहाँका मतदाता थप उत्साहित भएका छन् । कैलाली जिल्लाको मध्य क्षेत्रमा थारुबस्तीको बाहुल्यता छ । ने
आश्वासन बाँड्दै गाउँ गाउँमा नेताहरु

आश्वासन बाँड्दै गाउँ गाउँमा नेताहरु

    प्रकाशित मितिः २५ चैत्र २०७३, शुक्रबार ०८:३०
स्थानीय चुनावलाई लक्षित गरी सुर्खेतका प्रमुख प्रतिस्पर्धी दल गाउँ–गाउँमा पुगेर आश्वासन बाँड्न थालेका छन् । मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र्र र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जतनाको दैलो–दैलामा पुगको हुन् ।   बाढी पीडित, भुमिहिन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न
भेरी नदीमा डुवेर मृत्यु

भेरी नदीमा डुवेर मृत्यु

    प्रकाशित मितिः २४ चैत्र २०७३, बिहीबार १७:५६
सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा एक जनाको डुवेर मृत्यु भएको छ । वीरेन्द्रनगर–२ भुरेलीका हस्तबहादुर खड्काको बिहिवार विहान ११ बजे नदीमा डुवेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । बुवाको चौरासी पुजा गरेर फुलापती सेलाउन बराह गाउँपालिकाको रानीघाटस्थित भेरी नदीमा उनको डुवेर मृत्यु भएको स्थानीय लालबहादुर बुढाले जानकारी दिए । खड्काको शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल कालागाउँ लगिएको पनि उ
कोटिहोममा १० लाख बढी संकलन

कोटिहोममा १० लाख बढी संकलन

    प्रकाशित मितिः २३ चैत्र २०७३, बुधबार १८:३०
सुर्खेत । यही चैत १६ गतेदेखि देउती बज्यै मन्दिर परिसरमा संचालन भएको कोटिहोममा बुधवारसम्म १० लाख बढी नगद संकलन भएको छ । बुधवार मात्रै ३ लाख नगद संकलन भएको छ । देउतीबज्यै व्यवस्थापन समितिको आयोजनामा संचालन भइरहेको कोटिहोममा बुधवार भूपेन्द्रनाथ योगीले १ लाख ११ हजार १५१ रुपैयाँ दान दिएका छन् । त्यसवापत योगीलाई प्रमुख अतिथिसहितको सम्मान गरिएको प्रचार संयोजक सुदीप पुरीले जानकारी दिए । देउती बज्यै मन
सुर्खेतले गुमायो प्रतिभावान युवा

सुर्खेतले गुमायो प्रतिभावान युवा

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार २१:०७
सुर्खेत । सुर्खेतका युवा प्रतिभा तथा व्यवसायी चेतन पुरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेकाे भे ५ प ९२७६ नम्बरको मोटरसाईकललाइ कोहलपुर नगरपालिकाको हवल्दापुरमा मंगलवार दुर्घटना हुँदा उपचारको क्रममा उनकाे मृत्यु भएको हो । पुरीसंगै रहेका कवि गिरी भने घाइते छन् । पुरीले चलाइरहेको मोटरसाईकललाई नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको बा १६ च २२१४ नम्बरको स्कोरपियोले ठक
प्रदेश नं ७ बाट १२ लाख १५ हजार आठ सय पैँसठ्ठी मतदाताले भोट हाल्न पाउने

प्रदेश नं ७ बाट १२ लाख १५ हजार आठ सय पैँसठ्ठी मतदाताले भोट हाल्न पाउने

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार १४:५२
कैलाली । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट दिन पाउने भएका छन् । प्रदेश नं ७ मा छ लाख ७३ हजार ३२१ महिला, पाँच लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिङ्गी रहेको यहाँस्थित क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ । जनचेतनाको अभाव र सर्वसाधारणको लापर्बाहीले गर्दा धेरै मतदाता अधिका

सङ्घको अधिवेशन लम्बियो

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार १४:४६
जुम्ला । अध्यक्ष पदमा सहमतिको वातावरण बन्न नसक्दा एक सातादेखि नेपाल शिक्षक सङ्घ जुम्लाको आठौँ जिल्ला अधिवेशन लम्बिएको छ ।  सङ्घको आठौँ जिल्ला अधिवेशनको उद्घाटन यही चैत १६ गते नेपाली काँग्रेसका नेता रामशरण महतले गरेका थिए । तर अध्यक्षमा पाँचजना आकाङ्क्षी भएको र सहमतिको वातावरण बन्न नसकेकाले अधिवेशन लम्बिएको हो । “कमलबहादुर शाही, जगतबहादुर शाही, गजबहादुर शाही, नरेन्द्रबहादुर महत र कालीबहादुर