संविधान कार्यान्वयन गर्न सरकार गम्भीर
प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १३:४६
प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बिहान भएको शिष्टाचार भेटका क्रममा उनले आफ्नो नेतृत्वको सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले स