अन्तरविरोधका कारण संशोधन प्रस्ताव दर्ता भएन : महतो
प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १५:५६
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव मोर्चाको विरोधका कारण दर्ता गर्न नसकेको आरोप लगाएका छन् ।
प्रेस मञ्च नेपालले तौलिहवामा साेमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)कै सभासद्हरुको विरोधका कारण सरकारले प्रस्ताव दर्ता गर्न नसकेको बताएका हुन् ।
“सरकार गठनका बेला मोर्चासँग भएको सहमत