नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो
प्रकाशित मितिः १८ जेष्ठ २०८१, शुक्रबार ००:०१
बाँके जिल्लाको नेपालगन्ज उपमहानगरमा तापक्रम ४४.२ डिग्री सेल्सियस नाघेको छ ।
जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको नेपालगन्ज राँझा फिल्ड कार्यालयका सहायक इन्चार्ज कुमार रानका अनुसार आज विहीबार मापन गरिएको तापक्रम सबैभन्दा बढी ४४.२ डिग्री सेल्सियस मापन गरिएको छ ।