रारा पुग्ने पर्यटककाे संख्यामा बढाेत्तरी
प्रकाशित मितिः ३१ आश्विन २०७४, मंगलवार ११:२६
मुगु । रारामा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ । दसैं र तिहारको बीचमा फुर्सद हुने र रारा घुम्ने उपयुक्त मौसम भएकाले पर्यटकको आगमन बढेको हो ।
रारा राष्ट्रिय निकुञ्जका अनुसार असोज महिनामा मात्र करिब ५ हजार आन्तरिक पर्यटक रारा घुम्न आएका छन् । विदेशीको संख्या भने न्यून रहेको निकुञ्जले जनाएको छ । नेपालगन्जबाट जिप र साना गाडीहरू रिजर्भ गरी आउनेको संख्या बढदै गएको छ । जहाजमार्फत रारा आउने